बझाङ– सोमबार दुर्गाथली गाउ“पालिकाको जप्रेल दम्पती (श्रीमान गिरी जप्रेल र श्रीमती डल्ली देवी जप्रेल) को खुशी थामिसक्नु थिएन । खुशीको कारण थियो, सार्वजनिक सम्मान । छोरी मात्र सन्तान पाएको भनेर समाजबाट विभिन्न पिडादायी लाञ्छनाहरु खेपेका उनिहरु त्यही कारणले सम्मानित भएका थिए ।
सहभागीहरुले खचाखच भरिएको जिल्ला समन्वय समितिको हलमा छोरी लाई मात्र सन्तानको रुपमा स्विकार गर्ने र छोराको आसमा बहु विवाह, श्रीमती माथी हिंसा नगर्नेहरुलाई सम्मान गरिएको थियो । सम्मान गर्नका लागि प्रतिनिधी सभा सदस्य आसाकुमारी विक, पुर्व सभासद अफिलाल ओखेडा, जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर खड्का, जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र बहादुर खड्का, विभिन्न स्थानिय तहका प्रमुख उपप्रमुख लगायत स्थानियहरु उपस्थित थिए ।
जिल्लाका गन्यमान्य व्यक्तीहरुले अबिर लगाएर, दोसल्ला ओडाइरहदा ५६ वर्षिया डल्लीको खुशी लुक्न सकेन । आ“खा“बाट छचल्कीयो । जिवनभरी अपुत्री (छोरा नभएकी) भनेर छिमेकी र आफन्तहरुको मुटु घोच्ने छेडखानी सुनेकी उनले छोरा नभएकी भनेर यती ठुलो सभामा सम्मानित हुन्छु भनेर कल्पना पनि गरेकी रहिनछन । ‘सबै दैवले ठगेकी भन्थे । मलाई पनि त्यस्तै लाग्थ्यो’ उनले भनिन ‘आज छोरी कै कारण माननिय ज्युको हातवाट सम्मान पाए“ । यती धेरै खुशी कहिले भएकी थिइन’ उनले छोरी कै कारण आफुले यो सम्मान पाएको र सम्मानका कारण आफुलाई पनि समाजमा शिर ठड्याएर हिड्ने साहस जुटेको प्रतिक्रीया दिइन ।

छोरा नभएकोमा श्रीमान भन्दा उनि नै बढी पिरोलिएकी रहिछन । छोरा नभएको भन्दै श्रीमतीले आफुलाई अर्काे विवाह गर्न दवाव दिएको सम्झदै उनका श्रीमान गिरी जप्रेलले भने ‘यिनले छोरा भएन अर्काे विवाह गर्नुस भनेर भनेको भन्यै गर्थिन । मैले मानिन । छोरी पनि सन्तान नै हो भनेर जिद्धी गरे ।’ उनले आफुले जति गर्दा पनि श्रीमतीलाई कुरो बुझाउन नसकेको तर सम्मान पाए पछि उनको सोचाई पुरै बदलिएको पनि सुनाए ।
एक मात्र छोरीमा बन्ध्याकरण गरेर उदाहरणिय बनेका अर्का दम्पती रमेस उपाध्याय र शान्ती अवस्थीले पनि आफुहरुलाई गरिएको सम्मानले समाजमा छोरीलाई हेर्ने विभेद घटाउन सहयोग पुग्ने बताए । ‘छोराछोरीलाई हेर्ने समाजको नजर अझ पनि उस्तै छ । अहिले पनि हामीले समाज स“ग लड्नु परेको छ । यस्ता सम्मानले हामीलाई समाज स“ग जुध्न सजिलो हुन्छ’
अहिले पनि छोरा पाउने आसमा बर्षेनी सन्तानहरु जन्माउने र केही गरी छोरा भएन भने अर्काे विवाह समेत गर्ने चलन बझाङमा यथावत नै छ । समाजका शिक्षित भनिने व्यक्तीहरुले पनि छोरा कै आशामा दुइ तीन वटा विवाह गर्ने गरेका छन, कारण हो सामाजिक लाञ्छना र धार्मिक अन्धविश्वास । तर जप्रेल दम्पती जस्ता उदाहरणिय जोडीहरु पनि जिल्लामा छन । जसले हजारौं अपमान सहेर छोराछोरी समान मानेर सामाजिक मान्यतालाई चुनौती दिइरहेका छन । त्यस्तै सात वटा जोडीलाई खोजेर प्रतिनिधी सभा सदस्य आशाकुमारी विकले उनिहरुलाई सम्मान गरेकी हुन ।
महिलाबालबालिका तथा दलित समुदायको उत्थानको लागि तीनै तहका सरकारको भुमिका विषयक सुझाव संकलन कार्यक्रममा उनिहरुलाई दोसल्ला ओडाएर प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै सा“सद विकले छोरा छोरी विचको विभेद अन्त्य गर्नका लागि तिनै तहका सरकारले सामाजिक अभियान चलाउनु पर्ने बताएकी थिइन । ‘छोरा नभई हुदैन भन्ने मान्यताले समाजमा महिला माथी हुने हिंसा बढाउन सहयोग पुर्याइरहेको छ’ उनले भनिन ‘यस्ता मान्यताहरु भत्काउनका लागि तीनै तहका सरकारले अभियान संचालन गर्नु जरुरी भैसकेको छ’ उनले सुदुरपश्चिममा यस्ता मान्यताहरु अझै बलियो रहेको र यसलाई तोडनका लागि सबैले लाग्नु पर्ने बताएकी थिइन ।
