बझाङ– प्रतिनिधि सभा सदस्यको २०८२ फाल्गुन २१ हुन गैरहेको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव लक्षित जिम्मेवारी बाँडफाँड गरेको छ । रास्वपाको जिल्ला समितिले नरेन्द्रबहादुर खड्काको नेतृत्वमा चुनावी अभियान संचालन गर्ने गरे जिम्मेवारी तोकेको हो ।
रास्वपा बझाङका अनुसार चुनाव अभियान परिचालन तथा मुल ब्यवस्थापन समितिको संयोजक (चुनावी अभियान कमान्डर ) नरेन्द्र बहादुर खड्कालाई तोकेको हो । उनी बझाङ जिल्लाका सफल उद्यमी पनि हुन । बझाङ जिल्लामा पोल्ट्री व्यवसाय सुरु गरेर जिल्ला भरीमा सयौं युवालाई स्वरोजगार बनाएका खड्का राजनितिमा पनि अनुभवी अनुहार हुन । २०७४ सालको निर्वाचनमा जयपृथ्वी नगरपालिकाको प्रमुख पदमा प्रतिश्पर्धा गरेका खड्काको जिल्ला भरी नै राम्रो सम्पर्क सञ्जाल रहेको छ ।
रास्वपाको प्रदेश महामन्त्री सन्तोस जोशीलाई वाचा पत्र तथा अपिल लेखन समितिको जिम्मा दिइएको छ । जोशी रास्वपाको स्थापना काल देखी नै सुदूरपश्चिममा संगठन विस्तारमा सक्रिय छन ।
यस्तै रास्वपाले प्रदेश सभाको निर्वाचन क्षेत्र नं १ को संयोजकमा सामाजिक अभियन्ता समेत रहेका अरुण रोकायालाई जिम्मेवारी दिएको छ । लामो समय देखी सामाजिक अभियान चलाई रहेका रोकायाको खप्तडछान्ना गाउँपालिकामा राम्रो प्रभाव राख्ने युवामा पर्दछन । भने प्रदेश सभा निर्वाचन क्षेत्र नं २ को संयोजकमा अशोक मल्ल तोकिएका छन । स्वास्थ्यकर्मी समेत रहेका मल्लको क्षेत्र नं २ मा राम्रो प्रभाव रहेको रास्वपा समर्थकहरु बताउछन । रास्वपाले आर्थिक समिति संयोजकको जिम्मा बझाङका सुरत बहादुर मल्ललाई दिएको छ । मल्ल स्टोरका संचालक समेत रहेका उनको जिल्ला भरीका उद्योगी व्यापारीहरु सँग राम्रो सम्बन्ध रहेको छ ।
रास्वपाले सम्वाद समितिमा मिम बहादुर सिहलाई संयोजकको भुमिका दिएको छ । लामो समय देखी विभिन्न अन्र्तराष्ट्रिय संस्थाको नेतृत्व गरेका सिंह सामुदायिक विकासका विज्ञ समेत हुन ।
यसै गरी सुचना तथा प्रबिधि (आइटी) समिति संयोजकमा बिण्णु बहादुर खड्का जिम्मेवारी दिइएको छ । खड्का लामो समय देखी बझाङ जिल्लामा सुचना प्रविधीमा आधारित व्यवसाय गर्दै आएका युवा हुन ।
