सुदूरपश्चिम समाज, दक्षिण कोरियाले बिसु तथा नयाँ वर्षमा भव्य कार्यक्रम आयोजना गर्दै

Breaking news प्रवास मुख्य खबर

 

बझाङ-दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेलीहरुको संगठन सुदूरपश्चिम समाज, दक्षिण कोरियाले सुदूरपश्चिममा भव्यरुपमा मनाईने बिसु पर्व तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा देउडा कार्यक्रम आयोजना गर्र्ने भएको छ।

सन् २००५ मा स्थापना भएको समाजले कोरियामा रहेका नेपाली समुदायबीच विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। आपत्–विपतमा सहयोग तथा चाडपर्वमा मनोरञ्जनात्मक कार्यक्रम मार्फत समाजले परदेशी भुमीमा आफ्नो अब्बल उपस्थिती जनाउदै आएको छ ।

यसपटकको कार्यक्रममा सुदूरपश्चिमकी चर्चित देउडा गायिका गौरी भट्ट लगायत कमल बिरही थापा, किस्मत साउद र नरेश रावल जस्ता कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

उक्त कार्यक्रम ११ अप्रिल २०२६ (शनिबार) बेलुकी ६ः०० बजे, दोङ्देमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभा हल (२ नं गेट नजिक) मा आयोजना हुने छ।

सुदूरपश्चिम समाज, दक्षिण कोरियाका महासचिव सुरेन गिरीले कार्यक्रममा कोरियामा रहनु भएका सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई कार्यक्रमको मनोरञ्जन लिन तथा सफल बनाउन हार्दिक अनुरोध गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *