गाँस, बास र कपासको अवस्था सुधारका लागि गणतन्त्र ल्याइएको हो : नेता जोशी

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ : नेपाली कम्युनिष्ट पार्टीका नेता भानुभक्त जोशीले जनताको गाँस, बास र कपासको अवस्था सुधारका लागि नै गणतन्त्र स्थापना गरिएको बताएका छन् ।

बझाङ सदरमुकाम चैनपुरमा बुधबार आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले गणतन्त्र आए पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गरे ।

जोशीले आफू बझाङबाट तीन पटक निर्वाचित भए पनि पाँच वर्षको पूर्ण कार्यकाल सरकारमा बस्ने अवसर नपाएको गुनासो गरेका छन् । उनले भने, ‘अब फरक ढंगले सोच्नुपर्छ भन्ने निष्कर्षसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल र डा. भीमरावलसँगै नेपाली कम्युनिष्ट पार्टीमा आएका हौं ।’

उनले बझाङका सडक, स्वास्थ्य, शिक्षा, सिँचाइ र पर्यटन क्षेत्रका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘यी विषयमा खुला रूपमा बोल्न र काम गर्न चाहन्छु ।,’ उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टी जनताका समस्या समाधानका लागि तपाईंहरूसँगै छ । त्यसका लागि तपाईंहरूको साथ र समर्थन आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *