बझाङमा बिद्युतीय भुक्तानी प्रणाली (इएफटी) लागु

बझाङ । बिद्युतीय भुक्तानी प्रणाली (इएफटी) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । बझाङ जिल्लाका स्थानीयतहहरुका लागी बिद्युतीय भुक्तानी प्रणाली (इएफटी) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लाका २ नगरपालिका र १० गाउँपालिकाको आयोजना कोष तथा लेखा नियन्त्रण कार्यालयको समन्वय तथा सहजिकरणमा उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कोष तथा लेखा नियन्त्रकको कार्यलय बझाङको सहजिकरण तथा सबै स्थानीय तहको आयोजनामा आयोजित बिद्यूतिय भुक्तानी प्रणाली सम्बन्धि अन्तरत्रिया तथा अभिमुखिकरण कार्यक्रमबाट बझाङका सात वटा पालिकामा बिद्दुतिय भुक्तानी प्रणाली  (इएफटी) बाट लागू गरिएको छ । जसमा जयपृथ्वी नगरपालिका, छविस पाथिभेरा, मष्टा, तल्कोट, सुर्मा,साइपाल र बिथ्थडचिर गाउँपालिका रहेका छन ।

यसको सहजिकरण दोधारा चाँदनी नगरपालिकाका लेखापाल गोविन्द ऐर र जयपृथ्वी नगरपालिका लेखा अधिकृत गोविन्द बिष्टले गर्नुभएको थियो । पालिकाहरुमा यो प्रणाली लागू भएपछि चेक काट्ने, लेखामा लाइन लाग्न पर्ने, बैंकमा जम्मा गर्न लाइनमा लाग्नु पर्ने झन्झटबाट मुक्त हुनका साथै सोझै सम्बन्धित सेवाग्राहीको खातामा रकम जम्मा हुने हुँदा स्थानिय तहमा काममा सरलता, प्रभावकारिता, आर्थिक पार्दशिता तथा सार्वजनिक सेवा प्रवाहमा चुस्तता हुनेमा विश्वास गरिएको छ ।

यो प्रणाली लागू भइसकेपछि आर्थिक सेवा लिने सेवाग्राहीहरु ले जुनसुकै बैंकमा भएपनि खाता चाहिँ अनिवार्य खोल्न पर्नेछ । यो प्रणालीले चेकरहित आर्थिक कारोवार संचालन हुने भएको छ ।