हाम्रा विद्यालयहरुः बालमैत्री कि बाल अधिकार बिरोधी ?

एल बि बोहरा

बझाङ-विद्यालयहरुः वालमैत्रि हुनु पर्छ भन्ने बिषयले विश्वभर निकै चर्चा पाएको छ । यस सम्वन्धमा संयुक्त राष्ट्र संघ अन्तरगतको बालबालिकाका हक अधिकारहरुको संरक्षण संग सम्वन्धित एक निकाय युनिसेफले विश्वव्यापि रुपमा बहस, छलफल, सहजिकरण तथा मार्गनिर्देशन गर्दै आएको छ । फलस्वरुप, विकसित, अल्पविकसित तथा विकासन्मुक सवै खालका मुलुकहरुले यो वा त्यो रुपमा यसको अनुशरण गर्दै आएका छन । विकसित देशहरु यो अवधारणा सँग निकै अभ्यस्त भइ सफल कार्यान्वयनको चरणमा छन भने अविकसित तथा अल्पविकसित मुलुकहरु विगत लामो समय देखि बामे सर्दै अघि बढ्दैको अवस्थामा छन । गुणात्मक हिसावमा जो जुन अवस्थामा भए पनि यसको कार्यान्वयन मात्रात्मक रुपमा सवैतिर दुर्ततर गतिमा हुँदै आएको छ । यो शिक्षा सँग प्रत्यक्ष वा परोक्ष रुपमा सरोकार राख्ने सवैका लागि खुशिको कुरा पनि हो, किनकि यसको मुल मर्म नै विध्यालय तहको शैक्षिक गुणस्तरमा सुधार ल्याउनु हो ।

वालमैत्री विद्यालयको अवधारणा युनिस्कोले सर्वप्रथम सन १९९९ मा लागु गरेको थियो । यो अवधारणा मुख्यगरी विद्यालय हाता भित्र वालवालिकाका शैक्षिक, स्वास्थ्यगत, सामाजिक, मनोरञ्जन तथा समग्रमा शान्तिपूर्ण तवरले बाँच्न तथा पढ्न पाउने हक अधिकारहरु सँग सम्वन्धित छ । अझैं भन्नु पर्दा, यसले वालवालिकाहरुको शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक हकलाई मध्य नजर गरी स्वतन्त्र तथा शान्तिपूर्ण वातावरणमा सोको प्रत्याभुति हुनु पर्ने कुरामा विश्वास गर्दछ । हुन पनि हो, भविश्यका कर्णधारका रुपमा परिचित आजका वालवालिकाहरुले बिना डर, त्रास तथा वालमैत्री वातावरणमा विध्यालय तहको शिक्षा ग्रहण गर्न सके मात्र उक्त सपनाहरुलाई साकार पार्न सकिने देखिन्छ । मैले यो लेख मार्फत वालमैत्री विध्यालयको अवधारणाको एतिहाँसिक विकासक्रम भन्दा पनि नेपालका सन्द्रभमा यसको अवस्थाका बारेमा चर्चा गर्ने प्रयास गरेको छु । अझैं भन्नु पर्दा, वालमैत्री अवधारणाको कार्यान्यनमा हाम्रा विध्यालयहरु, विध्यालय प्रशासन, शिक्षक, अभिभावक तथा राज्यपक्ष कत्तिको जिम्मेवार छन भन्ने वारेमा बिशेष रुपमा समिक्षा गर्नेछु ।

नेपाल सरकारले सन २०१० मा यो अवधारणाको औपचारिक रुपमा कार्यविधि नै तयार गरी कार्यान्वयन तर्फ अग्रसर रहेको देखिन्छ । यो सँगै यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारी तथा गैरसरकारी निकायहरु बाट विविध खालका प्रयासहरु हुँदै आएका छन, जुन आज सम्म पनि निरन्तर छन । यसको मुख्य लक्ष नै संयुक्त राष्ट्र संघले अनुमोदन गरेका ‘सवैका लागि शिक्षा’, ‘सहस्राब्दी विकासका लक्षहरु’, आदि जस्ता मुलभूत मान्यताहरुको सफलतापुर्वक कार्यान्वयनमा सहजिकरण गर्नु हो । अब यहाँ मैले हाम्रा स्कुलहरहोको मौजुदा अवस्था र हाम्रा दिनानुदिनका गतिविधि तथा थालनि गर्नै पर्ने प्रयासहरुका बारेम मिहिन तवरले अन्वेशण गर्ने प्रयास गरेको छु ।

सर्वप्रथम, विद्यालयका भौतिक तथा सामाजिक वातावरण वालमैत्री छन वा छैनन्, ती बारेमा चर्चा गर्ने अनुमति चाहन्छु । विद्यालयलाई एक लघु समाजका रुपमा लिइन्छ । यस अन्तरगत भौतिक संरचनाहरु, खुला चौर, पिउने पानीको सुविधा, सहज रुपमा प्रयोग गर्न मिल्ने शौचालय, विध्यालय प्रशासनको सहजिकरण, शिक्षक तथा कर्मचारीहरुका सुखद व्यवहार तथा आनिवानिहरु, कक्षाकोठाको उचित व्यवस्थापन, नियमित अध्ययन\अध्यापन, आदि पर्दछन । वालमैत्री विध्यालय भित्र यी सवै कुराहरुको उचित संयोजन, व्यवस्थापन र प्रयोग हुनु पर्दछ । विध्यालयमा अध्ययन गर्न विविध खालका वालवालिकाहरु आउने गर्दछन । कोहि सपांग त कोहि बिशेष तथा भिन्न क्षेमताका । कोहि उमेरले साना त कोहि ठूला, कोहि उचाइले अग्ला तथा होचा त कोहि मध्यम खालका, आदि आदि । यी सबै खालका वालवालिकाहरुलाई मध्यनजर गरी भौतिक संरचनाहरुको निर्माण गरिनु नै वालमैत्री विध्यालयको पहिलो प्राथमिकता हो । मानौ, पहाडको कुनै एउटा विध्यालयमा दुइ\चार जना विध्यार्थीहरु ह्विल चियर सहितका भिन्न छेमताका भर्ना भएका छन, तर स्कुल सम्म गुड्दै जाने बाटो छैन, त्यो विध्यालय कसरी वालमैत्री हुन सक्छ ? ल माँनौ स्कुल सम्म गुड्ने बाटो छ र विध्यार्थी विध्यालय सम्म पुगे पनि, तर त्यो विध्यालका कक्षाकोठा सम्म गुडेर जाने ब्यवस्था नै छैन भने ती वालकहरु त पढाइ बाट बन्चित हुने भए त । हो, भवन निर्माण गर्दा यसबारेमा सोच पुर्याउनु पनि बालमैत्री अवधारणाको स्विकारोक्ति हुन सक्दछ । तर, सुगममा यस खालका विविधतालाई मनन गरेको पाइएता पनि दुर्गम भूभागमा संरचनाहरु निर्माण गर्दा खासै होस पुर्याएको पाँइदैन । यो त एउटा उदाहरण मात्र भयो । यस्तै खालका अनन्य मामलाहरुका बारेमा समेत ध्यान दिन आवश्यक देखिन्छ ।

वालवालिकाहरु विद्यालय भित्र आफ्नो घर र समुदायमा भए झैं स्वच्छ तथा त्रास रहित वातावरणको सुनिश्चितता चाहन्छन । यसको प्रत्याभुतिको मुख्य जिम्मेवारी विध्यालय प्रशासनको हो । तर यसबारेमा जहाँतहि ढुक्क भएर सकारात्मक रुपमा आँकलन गरिहाल्न अँझै गाह्रो छ । विध्यालयमा विध्यार्थी स्वतन्त्रता चाहन्छ, मनमा लागेको कुरा अभिव्यक्त गर्ने प्रयास गर्छ तर प्रशासन पक्ष जहिले पनि विध्यार्थी उपर अनुशासनका नाममा दवाव लाद्न चाहन्छ । उसका बिचारहरु सुन्ने भन्दा आफ्ना स्वभावहरु जवरजस्त तरिकाले लाद्ने काम गर्दछ । यति मात्र हैन, कक्षाकोठा भित्र समेत विध्यार्थीहरुलाई कडा अनुशासनमा राख्ने सम्वन्धमा शिक्षकहरुलाई निर्देशन समेत दिन्छ प्रशासन । हो यहिनेर चक्दै छौ हाँमी वालमैत्री वातावरण खलवल्याउन । दिनानु दिनका यस्तै खालका गतिविधिले वालवालिकाहरु अनियमित हुदै जाने र अन्तत्वगत्ता विध्यालय नै छोड्ने समेत हुन सक्दछ । त्यसैले, विध्यालय प्रशासन थप उदार, सहनशिल तथा बालमैत्री हुन आवश्यक छ । अनुशासनका नाममा रुखो आवाज, सिस्नुपानी तथा लठ्ठि बजार्दै प्रशासन चलाउने भन्दा पनि वालवालिकाका आनिवानि, व्यवहार, सोचशैलि तथा आवश्यकताहरु मनन गर्दै सहजकर्ताका रुपमा कामकार्यवाही संचालन गर्नु पर्ने देखिन्छ । यसले थोरै भए पनि वालमैत्री व्यवहारको काम गर्दछ ।

विद्यालयका कक्षाकोठा र कक्षाकोठा भित्र सिकाइ सहजिकरण गर्ने शिक्षक समेत वालमैत्री पूर्ण व्यवहार प्रदर्शन गर्ने खालका हुनुपर्दछ । कतिपय शिक्षकहरु कक्षाकोठा भित्र निरंकुश रुपमा आफुलाई प्रस्तुत गर्दछन र त्यसैमा गर्व समेत ठान्छन । सत्तरी\असी जनाको हुलमा आफ्नो प्रवेश सँगै कक्षाकोठा भित्र चुँइक्क आवाज समेत आएन र कतै आइ हालेछ भने दण्डका माध्याम बाट शान्त पार्न सके आफुलाई सफल शिक्षक ठान्नेहरुको समेत हाँमी कहा कमि छैन । के यथार्थमा यो नै एक जना असल शिक्षकको दायित्त्व हो त ? मलाई लाग्छ, पक्कै पनि होइन । यथार्थमा भन्दा एउटा वालमैत्री कक्षाकोठा भित्र त्यतिका संख्यामा विध्यार्थीहरु हुन्छन भन्ने कल्पना समेत गर्न सकिदैन । कतै भैहाले छन भने त्यो वालमैत्री विध्यालय नै होइन भनेर बुझ्दा हुन्छ । नामको भए पनि कर्म र व्यवहारले त्यो हुनै सक्दैन । मैले भन्न खोजेको के हो भने, युनिसेफको अवधारणा अनुसार वालमैत्री कक्षाकोठा कहलिनका लागि तीस\चालिस जना विध्यार्थी भन्दा माथी राख्नै हुँदैन । हामीकहाँ जस्तो फितलो व्यवस्थापनमा त यस खालको प्रावधानको कल्पना समेत गर्न सकिदैन । निर्णित नीतिनियमहरु बेलैमा कार्यान्वयन नहुँदा तथा गर्न नसक्दा कतिपय विद्यालयहरुमा विध्यार्थीको संख्या नगण्य हुँदा शिक्षकरु भने अनावश्यकरुपमा बढि देखिन्छन; तर कतै कतै विध्यार्थीहरु धेरै त शिक्षकहरु कम भएका पनि उदाहरणहरु प्रशस्त छन । यस्तो बेथितिमा वालमैत्री कक्षा तथा विध्यालयको कल्पना कसरी गर्न सकिएला र? दरवन्दी मिलान तथा विध्यालय मर्ज गर्दा अनावश्यक रुपमा गिजोलिएर आउने राजनीतिका कारण हामीकहाँ यो हविगत देखिएको सहजै आँकलन गर्न सकिन्छ ।

विध्यार्थी संख्या संगै कक्षाकोठा भित्रको वातावरणले समेत वालमैत्री विध्यालयको झझल्को दिन सक्ने हुनु पर्दछ । यसमा बसाइ व्यवस्थापन, सेतोपाटिको प्रयोग, उज्यालो व्यवस्थापन, कोलाहल रहित कक्षाकोठा, आवश्यक सजिसजावट, आदि समेत पर्दछन । वालमैत्री कक्षाकोठा उत्प्रेरणाको स्रोत बन्न सक्नु पर्दछ । विध्यार्थी भित्र पसिसके पछि बाहिरि सँसार भुलाउने तथा कक्षाकोठा भित्रै प्रयाप्त मात्रामा सिक्दै रमाउने खालको हुनु पर्दछ । शिक्षकले गर्ने व्यवहार, शिक्षण कलाकौशल, क्रियाकलाप, हाउभाउ, आदि समेत अनुकरणीय हुनु पर्दछ । तर हामीकहाँ यसखालका कुराहरुमा खासै ध्यान दिएको पाइदैन । हालका कक्षाकोठा भित्र लिङ्गिय विभेद छ । केटा र केटीहरुको बस्ने पंतिहरु नै फरक फरक देखिन्छन । मानौ केटाका लागि केटी र केटीका लागि केटा अछुत हुन, ती बिचमा लुकिछिपि सामिप्यता हुन्छ, सबैले देख्ने गरी हुन नै हुँदैन । आखिर यसले ढिलोचाँडो बिकृति ल्याँउछ । त्यसैले कक्षाकोठा भित बसाइमा समेत समानता ल्याउन आवश्यक छ । त्यति मात्र हैन, बर्ष भरि जसो कतिपय विध्यार्थीहरु कक्षाकोठाका पछिल्ला बेन्चहरुमा मात्र बस्ने गर्दछन । यस्तो किन भइरहेछ ? यसले वालमनोविज्ञानमा कस्तो असर पार्दछ ? यसको कसरी व्यवस्थापन गर्न सकिन्छ ? आदि जस्ता कुराहरुमा शिक्षकले ध्यान दिन आवश्यक देखिन्छ । यस्ता कुराहरुमा शिक्षकले बिरलै ध्यान दिनुले पनि उस्को व्यवहार वालमैत्री छैन भन्ने बुझाउछ । मत भन्छु, हरेक हप्ता जसो विध्यार्थीको बसाइ व्यवस्थापन मिलाउनु पर्दछ । हरेक वेन्चमा पढाइमा राम्रो, मध्यम तथा कमजोर विध्यार्थीको बसाइ सहजिकरण गर्न आवश्यक छ । यसले एकातर्फ आपसि सहयोगको भावनाको विकास गराउछ भने अर्को तर्फ समकक्षीहरुमा प्रतिस्प्रधाको भावना जगाउदछ । साथै, यसले शिक्षक मात्र जान्ने हो, उसैले मात्र पढाउनु पर्दछ भन्ने कथित मान्यतामा समेत फेरबदल ल्याउन सक्दछ । मलाई लाग्छ, यसले पनि बालमैत्री अवधारणाको सफल कार्यान्यन गर्न सिकाउछ । सकिन्छ भने यसलाई तदारुकताका साथ कार्यान्वयन गर्नै पर्दछ । तसैगरी वालवालिकाहरुका व्यक्तिगत इच्छ्या, चाँहना तथा आवश्यकताहरु समेत शिक्षकले मिहिन तवरले बुझ्ने तथा मनन गर्ने गर्नै पर्दछ । यसले शिक्षकको शिक्षण कौशललाई परिस्कृत गर्न सहयोग पुर्याउन सक्दछ ।

वालमैत्री विध्यालयको अर्को पक्ष विद्यालय र अभिभावक बिचको सामिप्यता पनि हो । यस खालको भेटघाट तथा अन्तरक्रियाले एकातर्फ समुदाय र विद्यालय विचको सम्वन्ध सुमधुर बनाउदछ भने अर्को तर्फ वालवालिकाको सर्वाङिण विकासका लागि एउटा पुलको काम गर्दछ । सामान्यतया, एक दिनमा कुनै पनि वालक ६ घण्टा विद्यालयमा विताउछ भने १८ घण्टा घरमा, समुदायमा । विद्यालय उसका लागि औपचारिक बसाइको थलो हो भने घर अनौपचारिक । मलाई लाग्छ, कुनै पनि वालक औपचारिक वसाई भन्दा अनौपचारिक बसाइमा बढि बिग्रने, कुलतमा फस्ने तथा फुर्सदको दुरुपयोग गर्ने प्रवल सम्भावना हुन्छ । त्यसैले, वालक स्कुलमा के गर्छ भन्ने कुरा अभिभावकहरुलाई थाहा हुनुपर्दछ भने घरमा के गर्छ भन्ने कुरा विध्यालयलाई थाहा हुनै पर्दछ । यसले गर्दा उसका बारेमा सुझाव सल्लाह आदानप्रदान गरी घर र विध्यालय दुबैमा सहि मार्गमा डोर्याउने काम हुन्छ र अनावश्यक रुपमा बिग्रन पाउँदैन पनि । यसरी भेटघाट गर्दा वालवालिकाको हितकर हुन्छ भने आवधिक रुपमा विद्यालय-अभिभावक बिचको भेटलाई नियमित पारिनु पर्दछ ।

वालमैत्री विद्यालयको अर्को सहजकर्ताको भूमिका निर्वाह गर्ने पक्ष भनेको स्थानीय सरकार पनि हो । हामी कहाँ अहिले विद्यालय तह सम्मको रेखदेख, गुणस्तर माँपन, शिक्षक सरुवा, तलवभत्ता व्यवस्थान, आदि गर्ने जिम्मा स्थानीय सरकारलाई दिइएको छ । तर, विधानतहः गरेको यो व्यवस्थालाई स्थानीय सरकारले पनि हल्का तवरले लिएको जस्तो भान हुदैछ । नत्र भने, जहाँ जहाँ स्कुल त्यहाँ त्यहाँ सरकार हुदा समेत हामी कहाँको शैक्षिक गुणस्तर किन खस्किकै गएको छ ? सोच्ने बेला आएको छ । मलाई लाग्छ, स्थानीय सरकारले शिक्षण पेशा र शिक्षालयहरु प्रति सकारात्मक दृष्टिकोण राखे भने हालको मौजुदा अवस्थामा आमुल सुधार गर्न सकिने अनेकौं सम्भावनाहरु छन । त्यसका लागि पहिलो कुरा त, उसले शिक्षण पेशा गुणस्तरीय भए मात्र समाजका हरेक पाटाहरु स्तरीय हुन्छन भन्ने कुराको मनन गर्न आवश्यक छ । तत्पश्चात, विद्यालयको वातावरण, कक्षाकोठा, कार्यरत शिक्षकहरु, आदि वालमैत्री छन, छैनन्, गहन रुपमा अध्ययन अनुसन्धान गरी आवश्यक कार्यवाही गर्न आवश्यक छ । त्यसका लागि शिक्षकलाई पूनर्ताजकि पूर्ण तालिमहरुको संचालन, कार्यशाला गोष्ठीहरो आयोजना, आदि गर्न आवश्यक छ । साथै, शिक्षकको कार्यकुशलताको आधारमा पुरस्कृत गर्ने, अतिरिक्त कार्य सम्पादन गरे वाफत भत्ताको व्यवस्था गर्ने, आवश्यक रकम विनियोजन गरी हरेक शिक्षकलाई समाजमा विध्यमान रहेका कुराहरुको अनुसन्धान गरी नयाँ ज्ञानको खोजि गर्नमा सरिक गराउने, आदि गर्न सकिन्छ । यी सवै गर्न\गराउनका लागि केहि गरौं भन्ने सोच भएका जनप्रतिनिधि तथा कर्मचारी भने हुनै पर्दछ ताकि समय समयमा आवश्यक विज्ञहरु, समुदाय, विध्यालय परिवार तथा सरोकारवालाहरुलाई वोलाई छलफल वहस गराउन सक्नु पर्दछ । यसले समेत वालवालिकाहरुको सिकाइमा उचित सहजिकरण गर्न सक्दछ ।

अन्तमा, म के भन्न चाहन्छु भने, वालमैत्री विद्यालयको अवधारणा र त्यसको कार्यान्वयन गर्नु, गराउनु आजको अपरिहार्यता हो । यसलाई सकारात्मकताका साथ कार्यान्वयन गर्न सके शैक्षिक गुणस्तरमा सोचे भन्दा राम्रो प्रगति गर्न सकिन्छ । आज उम्रदै गरेका वालवालिकाहरु भोलिका सफल कर्णधार बन्न सक्ने कुराको निश्चय गर्न सकिन्छ । तर, वालमैत्री विध्यालय सम्वन्धि नीति नियम बनायौं, दस्तावेज पारित गरेयौं तर कार्यान्वयनमा फितलो भयौं भने आजको एक्काइशौं शताव्दिले हामीलाई क्षम्य गर्ने छैन, शैक्षिक अपराधि करार गरेरै छोड्ने छ । हामी सबै समयमै उठौं, जागौं र हातेमालो गर्दै शैक्षिक गुणस्तर सहितको वालमैत्री शिक्षाको विकासमा लागि परौं ।

यस लेखका लेखक एल बि बोहरा जयपृथ्वी बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन। हामीले यस लेखको नाम ‘हाम्रा विद्यालयहरुः वाल मैत्रि कि बाल अधिकार विरोधीर ?’ राखेका छौं । बोहरा दुर्गम हिमाली जिल्ला बझाङमा बिगत १६ बर्ष देखि प्राध्यापन गदै आएका छन् । वाल अधिकार र वालमैत्री शैक्षिक संस्थाका कुराहरु यो लेखमा जोडिएका छन । वालमैत्री शैक्षिक सस्था र वालअधिकार बारे यो लेख निकै प्रभावकारी हुनेछ। । हामी उनका थप लेखहरुलाई धारावाहिक रुपमा प्रस्तुत गर्दै जानेछौं । – सम्पादक