बाहुली खोलाको डाइभर्सनले जोड्यो सदरमुकाम चैनपुर

रिदम सिंह
बझाङ । जिल्ला सदरमुकाम चैनपुर जोड्ने मुख्य सडकखण्ड अवरुद्ध भएको पाँच दिन भइसक्दा पनी सुचारु हुन नसकेपछी बाहुलीखोलामा निर्माण गरिएको डाइर्भसनले सदरकामलाई जोडेको छ । सदरमुकाम चैनपुरबाट झण्डै एक किलोमिटरको दुरीमा पर्ने सिमखेत वसपार्क नजिकै सडक भासिएपछि अवद्ध बनेको जयपृथ्वी नगरपालिका अवरुद्ध भएको धेरै दिन वितिसक्दा पनि सुचारु हुने कुनै छाट देखिदैन् । जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, मालपोत तथा जयपृथ्वी नगरपालिकाको कार्यालय जाने मुख्यबाटो नै अवरुद्ध हुँदा पनि सम्वन्धित निकाय कानमा तेल हालेर बसेको अवस्था छ ।
चैनपुर वा बाहुलीगाड वारी कोहि सिकिस्त विरामी भएको खण्डमा एमवुलेन्स वा सवारी साधनवाट अस्पताल पु्र्याउने वाटो ने नभएको नागरिक अगुवा धर्मजंग बहादुर सिंहले बताउनु भयो । मुख्य कार्यालयहरुमा जाने बाटो बन्द भएको यतिका दिनसम्म पनि मर्मत नहुन जिल्ला प्रसाशनले कडाइ नगरेको आरोप स्थानियले लगाउन थालेका छन् । दिनरात काम गरेर मर्मत गर्नु पर्ने सडकमा सिमित मान्छेलाई काम लगाएर कछुवा गतिमा काम भइरहेको छ । यस्तै गतीमा कामहुने हो भने सदरमुकाम जोड्ने जयपृथ्वी राजमार्ग खुल्न महिनादिन लाग्ने देखिन्छ ।
यता जिल्ला प्रशासन कार्यालयले भने काम भइरहेको बताएको छ । धेरै तलवाट वाल लगाउनु पर्ने भएका कारण केही ढिलाइ भएको प्रसाशनको भनाइ छ । सडक डिभिजन कार्यालय टाढा भएका कारण केही ढिलो भएको भएपनि अवको एकहप्ता भित्र राजमार्ग संञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनु भयो । अहिले सिमखेत बसपार्कहुदै वाहुलिखोलाको किनारमा डाइभर्सन खोलेर यातायात संञ्चालनमा ल्याइएको प्रजिअ अधिकारीले बताउनु भयो । सिमखेत वसपार्कबाट बाहुली खोलाको किनारहुदै बाहुली खोलामाथी बनेको पक्की पुल जोड्ने गरी अहिले डाइभर्सन निर्माण गरिएको छ ।