पर्यटक लोभ्याउने ‘ढोरपाटन बुकी’

बागलुङ : अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारैतिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका भेडीगोठ । भेडा र बाख्राका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटनको बुकी हिजोआज चर्चामा छ । एक दशक अगाडिसम्म बर्खामा भेडा र भेडीगोठले […]

Continue Reading

सुनचाँदी व्यवसायी संघ बझाङको अध्यक्षमा सन्तोष सुनार चयन

बझाङ : सुनचाँदी व्यवसायी संघ बझाङको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले सन्तोष सुनारलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । अधिवेशनले निराजन स्नेहीले उपाध्यक्षमा निर्विरोध चयन गरेको छ । यसैगरी दिपेन्द्र रसाइलीले सचिव, पदम सुनारले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । सदस्यमा मोहन सुनार,कल्पना सुनार,प्रशान्त सोव,साजन रिजाल,सन्तोष दियाली,संजय विक र सुसिल सोव रहेका छन् । अध्यक्ष […]

Continue Reading

चैनपुर सेती जलबिद्युतको प्रगति समिक्षा जनतालाई अल्मल्याउने वातावरण मात्रै हो : समन्वय प्रमुख बोहरा

बझाङ : २१० मेघावाटको चैनपुर सेती जलविद्युत आयोजनाले गरेको प्रगति समिक्षा देखावटी रुपमा जनतालाई अल्मल्याउनको लागि गरिएको जिल्ला समन्वय समिती बझाङका प्रमुख नरबहादुर बोहराले बताए । आयोजनाले बुधबार तलकोट गाउँपालिका–३ को बष्टीगाउँमा आयोजना गरेको प्रगति समिक्षा कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, प्रदेश सभा सदस्य दमन भण्डारी, संविधान सभा सदस्य अफिलाल ओखेडा, […]

Continue Reading

२०२३ को वातावरण पत्रकारिता पुरस्कार बझाङका पत्रकार बसन्तप्रताप सिंहलाई

बझाङ  : नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२३ बझाङका पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ । कान्तिपुर पब्लिकेशनमा कार्यरत पत्रकार निरन्तर वातावरणका विषयमा खोजमूलक समाचार लेखन गरेवापत सिंहलाई नगद तथा प्रमाण–पत्र प्रदान गरिने भएको हो । समूहले प्रत्येक वर्षको […]

Continue Reading

बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्‍याफ्टिङ

बझाङ : बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्‍याफ्टिङ गरिने भएको छ। सेती नदीको मनमोहक दृश्यावलोकन र समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोटदेखि पानकोटसम्म र्‍याफ्टिङ गरिने भएको हो। चैत १२ गतेदेखि चैत २५ गतेसम्म सुनिकोटदेखि पानकोटसम्म सेती नदीमा र्‍याफ्टिङ गरिने र्‍याफ्टिङ कार्यक्रमका व्यवस्थापक किशोर खड्काले बताए। चैत १२ गतेदेखि सेती नदीमा सञ्चालन गरिने र्‍याफ्टिङ कार्यक्रमका लागि टिकट बुकिङ खुला […]

Continue Reading

उपभोक्ता हित संरक्षण मञ्च बझाङको ९ सदस्यीय समिति गठन

बझाङ : उपभोग्य बस्तुको मूल्य अनुसार गुणस्तर र सेवाको जवाफदेहिता अभिबृद्धिको पैरबी गर्न बझाङमा उपभोक्ता हित संरक्षण मञ्च नेपालको जिल्ला शाखा तदर्थ समिती गठन भएको छ । शनिबार जिल्ला अदालत बझाङमा अधिवक्ता दल बहादुर धामीको अध्यक्षतामा ९ सदस्य तदर्थ समिति गठन गरिएको हो । मञ्च जिल्ला उपाध्यक्षमा मान बहादुर रावल, सचिवमा अधिवक्ता शिवराज जोशी, कोषाध्यक्षमा […]

Continue Reading

सिटिजन लाइफले गर्यो मृतक परिवारलाई बिमावापतको रकम हस्तान्तरण

बझाङ : बझाङमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एक बिमित मृतक परिवारले बिमावापतको रकम प्राप्त गरेका छन् । ३ लाखको १५ बर्षे जीवन बिमा गरेका बझाङको दुर्गाथली गाउँपालिका–५ छान्या खोलाका कृष्ण बहादुर जप्रेलको परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बझाङ शाखाले ६ लाख ४८ हजार रुपैयाँ प्रदान गरेको हो । बिमा गरेको चार वर्षपछि मृत्यु भएका जप्रेल […]

Continue Reading

पत्रकार सिंहको पुस्तक ‘साइपाल हिमाल’ विमोचन

साइपालखबर संवाददाता  काठमाडौं । पत्रकार वसन्तप्रताप सिंहद्धारा लिखित तथा संग्रहित फोटो पुस्तक ‘साइपाल हिमाल’ बिहिबार काठमाडौंमा बिमोचन भएको छ । नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभाको अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पर्यटनमन्त्री सुदन किरातीको बिशेष आतिथ्यमा बिमोचन गरिएको हो । फोटो पुस्तकमा साइपाल हिमाल, आसपासको जनजिवन, संस्कृति, चाडपर्व, रंगीचंगी जंगली फुलहरु, यार्सागुम्बाजस्ता बहुमुल्य जडिबुटीहरु, […]

Continue Reading

अल्लो प्रशोधन गरि कपडा तयार गरिँदै

बझाङ : बझाङमा जङ्गलमा  उपयोग विहिनभई खेर गई रहेको अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन सुरु गरिएको छ । थलारा गाँउपालीका २ मोराइलमा अन्जु खाती र जौमती देवी खातीले परम्परागत उद्योगबाट कपडा बुन्ने कामको थालनी गरेकी हुन् ।। उनले जङ्गलमा खेर गइरहेको अल्लोलाई प्रशोधन गरि कपडा बुन्ने गरेकी छन् । उनले बुनेको कपडालाई गाउँपालिकाले खरिद गरि विद्याथीहरुका […]

Continue Reading

बझाङमा बिद्युतीय भुक्तानी प्रणाली (इएफटी) लागु

बझाङ । बिद्युतीय भुक्तानी प्रणाली (इएफटी) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । बझाङ जिल्लाका स्थानीयतहहरुका लागी बिद्युतीय भुक्तानी प्रणाली (इएफटी) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लाका २ नगरपालिका र १० गाउँपालिकाको आयोजना कोष तथा लेखा नियन्त्रण कार्यालयको समन्वय तथा सहजिकरणमा उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कोष तथा लेखा नियन्त्रकको कार्यलय […]

Continue Reading