बझाङ : सुनचाँदी व्यवसायी संघ बझाङको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले सन्तोष सुनारलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
अधिवेशनले निराजन स्नेहीले उपाध्यक्षमा निर्विरोध चयन गरेको छ । यसैगरी दिपेन्द्र रसाइलीले सचिव, पदम सुनारले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
सदस्यमा मोहन सुनार,कल्पना सुनार,प्रशान्त सोव,साजन रिजाल,सन्तोष दियाली,संजय विक र सुसिल सोव रहेका छन् । अध्यक्ष दिवसचन्द्र स्नेहीको सभापतित्वमा संघको तेस्रो जिल्ला अधिवेशन सुरु भएको थियो ।
निवर्तमान अध्यक्ष स्नेहीले नयाँ नेतृत्वले संघलाई थप उचाईमा पु¥याउने विश्वास ब्यक्त गरेका छन् । जेठ २६ गते उद्घाटन गरिएको जिल्ला अधिवेशन विचमा रोकिएको थियो ।
रोकिएको अधिवेशन(शनिबार) आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।