बझाङ : बझाङको मष्टा गाउँपालिका -५ का निवर्तमान वडा अध्यक्ष कम्मान आग्रीको मृत्यु भएको छ । पारिवारिक श्रोतका अनुसार केही महिना अघिदेखि बिरामी रहेका उनको उपचारका क्रममा घरमै निधन भएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।