अभिनेता पल शाहलाई उच्च अदालत पाेखराले दियो सफाई

कला / साहित्य समाचार

काठमाण्डाै – अभिनेता पल शाहलाई उच्च अदालत पाेखराले बालयाैन दुराचारकाे मुद्दामा सफाइ दिएकाे छ । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो ।

गएकाे भदाै २१ गते शाहलाई नवलपुर जिल्ला अदालतले बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुराचारकाे अभियोगमा साढे दुई वर्षको कैद सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेकाे थियाे । याे फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए । यही निवेदनमाथि फैसला गर्दै उच्च अदालतले आज आइतवार सफाइ दिएकाे हाे । सफाइ पाएसँगै अब उनी रिहा हुनेछन् ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मुद्दामा शाहले सफाइ पाइसकेका छन् । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *