रास्वपाले सार्वजनिक गर्यो समानुपातिक सूची, बझाङका तीन जना समावेश

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको सूचीमा बझाङ जिल्लाबाट तीन जना समेटिएका छन् ।

पार्टीका अनुसार बझाङबाट जिल्ला सभापती सत्यराज उपाध्याय, जिल्ला कोषाध्याक्ष अनिता भट्ट जप्रेल र प्रदेश सदस्य सुरतबहादुर मल्ल प्रारम्भिक छनोटमा परेका हुन् ।

रास्वपाले सूचीमा समावेश उम्मेदवारहरूसँग छलफलपछि उम्मेदवार छनोट रूपरेखा अनुसार पुस ६ र ७ गते सम्बन्धित जिल्लामा घरदैलो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

पार्टीले प्रारम्भिक सूचीमा परेका उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न अनुरोध गर्दै थप जानकारीका लागि सम्बन्धित प्रदेश तथा जिल्ला सभापतिसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

कुनै कारणवश नाम सूचीमा छुटेको भए प्रदेश सभापतिमार्फत जानकारी गराउन पनि पार्टीले अनुरोध गरेको छ । बझाङ जिल्ला बाट चार जनाको नाम सिफारिस गरेकोमा जिल्ला सदस्य मनिराम उपाध्यायको नाम आज सार्वजनिक गरेको सुचीमा छुटेकाले भोली सच्याएर उहाँको नाम राखिने रास्वपा बझाङका जिल्ला सभापती सत्यराज उपाध्यायले बताए ।

उक्त प्रारम्भिक उम्मेदवार सूची रास्वपाको प्रदेश कार्यालयले सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *