चैनपुर सेती जलबिद्युतको प्रगति समिक्षा जनतालाई अल्मल्याउने वातावरण मात्रै हो : समन्वय प्रमुख बोहरा

अर्थ प्रदेश बझाङ मुख्य खबर सुदुरपश्चिम

बझाङ : २१० मेघावाटको चैनपुर सेती जलविद्युत आयोजनाले गरेको प्रगति समिक्षा देखावटी रुपमा जनतालाई अल्मल्याउनको लागि गरिएको जिल्ला समन्वय समिती बझाङका प्रमुख नरबहादुर बोहराले बताए ।

आयोजनाले बुधबार तलकोट गाउँपालिका–३ को बष्टीगाउँमा आयोजना गरेको प्रगति समिक्षा कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, प्रदेश सभा सदस्य दमन भण्डारी, संविधान सभा सदस्य अफिलाल ओखेडा, जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा,जयपृथ्वी नगरपालिका मेयर चेतराज बजाल, तलकोट गाउँपालिका अध्यक्ष कलक रोकाया,साइपाल गाउँपालिका अध्यक्ष मान बहादुर बोहरा, तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर भण्डारी सहभागि रहेका थिए ।

यस्तै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, तलकोट गाउँपालिकाका वडाका वडाअध्यक्षहरु, सबै पार्टीका प्रमुख तथा प्रतिनिधी, पत्रकार र स्थानियहरुको उपस्थिति रहेको थियो ।

मन्त्री जोशी, प्रदेशसभा सदस्य भण्डारी, जयपृथ्वी नगरपालिका मेयर बजाल, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख लगाएत अन्य नेता तथा कार्यकर्ताहरुले हाल सम्म काम संचालन भएका सुरुङको अवलोकन गरे ।

सुरुङको अवलोकन पश्चात बष्टी गाउँमा प्रगति समिक्षा कार्यक्रम सुरु भयो । कार्यक्रमको सुरुवाती चरण देखि स्थानियहरु ठुलो स्वरमा आफ्नो आक्रोस पोखिरहेका थिए । १२ बजे सुरु हुने भनिएको कार्यक्रम २ बजे सुरु भयो ।

कार्यक्रम आयोजनाका कार्यकारी निर्देशक अनिलभक्त श्रेष्ठको अध्यक्षतामा सुरु भयो । कार्यक्रमको प्रमुख अतिथिमा मन्त्री जोशी रहेका थिए । आयोजनाका प्रमुखले प्रदेशसभा सदस्य भण्डारी देखि त्यहाँ उपस्थित सबैलाई अतिथिको रुपमा सिट आसन ग्रहण गराए । स्थानियले आफ्ना समस्याका पोका सबै सामु फुकाउने आश बोकिरहेका थिए ।

स्थानियहरु ठुलो स्वरमा आफ्ना समस्या राख्न थालेपछी २ जना स्थानिय बाहेक अरुले बोल्न पाएनन् । त्यसैमा अतिथिहरुको मन्तव्य राख्ने कार्यक्रम अगाढी बढ्यो ।

त्यसपछी न पत्रकारलाई प्रश्न सोध्ने मौका दियो न मन्तव्य राख्ने,त्यसै माथी पार्टी प्रतिनिधीलाई पनि बोल्न मौका दिइएन । कार्यक्रम अगाडि बढिरहेकै बेला विप्लव निकट नेकपाका बझाङका इन्चार्ज भरत मल्लले आफु केहि कुरा बोल्ने भनेर समय माग्न थाले त्यो कुरा कार्यक्रम संचालक सम्म पुग्यो । तर संचालकले समय नभएको भन्दै टारे ।

त्यतिकैमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधी विश्व जेठाराले पनि आफुले केहि कुरा बोल्ने आशय व्यक्त गरे तर संचालकले त्यति चासो देखाएनन् ।

त्यहि विचमा नेकपाका जिल्ला इन्चार्ज मल्ल मेरो अन्तै काम परेको भन्दै सबैलाई विदा मागेर कार्यक्रम स्थलबाट बाहिरिए । नगरपलिका मेयर, गाउँपालिका अध्यक्ष लगाएत सबैले बोल्न पाए तर जिल्ला समन्वय समिती प्रमुखलाई मन्तव्यको कार्यक्रममा जोडिएन् ।

त्यतिकैमा पत्रकार र स्थानियहरु विच समन्वय समिति प्रमुखको मन्तव्यको विषयलाई लिएर छलफल चल्यो । तर बोल्ने मौका दिइएन् । समन्वय प्रमुख बोहरा लगाएत राप्रपा नेता जेठारा पनि कार्यक्रमलाई विचमै छोडेर चैनपुर झरे ।

सोहि कार्यक्रमको विचमा बष्टी नजिकैको सुरुङमा स्थानियकै अवरोधका विच मन्त्री जोशीले टनेलको ब्लाष्टिङ गरेका थिए । सोहि कार्यक्रमको विषयलाई लिएर विहिबार आफ्नो सामाजिक संजालमा समन्वय प्रमुख बोहराले यस्तो लेखेका छन् ।,

‘चैनपुर सेती जलबिधुत को सार्बजनिक सुनुबाइ प्रकिरिया देखावटि रुपमा सिमित जनता लाई अल्मल्याउने वातावरण प्रष्ट’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *