जयपृथ्वी बहुमुखी क्याम्पसको नयाँ भवनको शिलान्यास

बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

 बझाङ : बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसको नयाँ भवनको शिलान्यास गरिएको छ । बुधबार सुदुरपश्चिम विश्वविध्यालयको आर्थिक सहयोगमा १ करोड ९९ लाख ३ हजार २८ रुपैयाँ लागतमा बन्ने क्याम्पस भवनको शिलान्यास गरिएको हो ।

सुदुरपश्चिम विश्वविध्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तको उपस्थितिमा विश्वविध्यालयका रजिस्ट्रार यज्ञराज पाठकले जयपृथ्वी नगरपालिका–११ भोपुर स्थित जयपृथ्वी बहुमुखि क्याम्पसको जमिनमा भवनको शिलान्यास गरेका हुन् ।

सो अवसरमा विश्वविध्यालयका उपकुलपति पन्तले विद्यार्थीको शैक्षिक गुणस्तर कायम गर्नका लागि सुविधा सम्पन्न भवनले ठूलो महत्व राख्ने भन्दै लक्ष्य अनुरुप समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

क्याम्पसको भौतिक संरचनासँगै शिक्षाको गुणस्तर वृद्धिका लागि क्याम्पस परिवारले विध्यार्थीलाई आकर्षण गराउने खालको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिदैं उनले शैक्षिक गुणस्तर वृद्धिसँगै आकर्षक वातावरण निर्माणका लागि प्राध्यापक, अभिभावक र समाजसेवी लगायत सम्बन्धित सबै पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समेत बताए ।

भवन निर्माणको लागि आवश्यक सबै प्रक्रिया पूरा गरी निर्माण कम्पनी मार्फत निर्माण कार्य सुरु गराइएको र समयमा नै भवन निर्माण सम्पन्न हुने क्याम्पस प्रमुख दिर्घराज पण्डितले बताए ।

केहि समय अघि गएको विनासकारी भुकम्पका कारण क्याम्पसका भौतिक संरचनाहरुमा क्षेती पुगेपछी क्याम्पसको पठनपाठनमा समेत समस्या हुँदै आएको छ ।

शिलान्यास कार्यक्रममा क्याम्पसका संस्थापक सदस्य विष्णुभक्त जोशी (शास्त्री), बाजुरा बहुमुखी क्याम्पस मार्तडीका पूर्व क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित, सुदूरपश्चिम विश्वविद्यालयका केन्द्रीय कार्यालय अधिकृत नवीन कुमार बम, जयपृथ्वी बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारी, स्वतन्त्र विध्यार्थी युनिययनका पदाधिकारी, विध्यार्थी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । भवन निर्माणको जिम्मा राताढुंङ्गा, खप्तड र नुरा जे.भीले पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *