बझाङमा साउन १६ र १७ गते कोरोना विरुद्धको खोप अभियान संञ्चालन हुने

रिदम सिंह
बझाङ । जिल्लामा कोरोना विरुद्धको खोप अभियान संञ्चालन हुने भएको छ । यस अघी खोप लगाउनका लागी छुटेकाहरुका लागी पुनः पहिलो मात्राको खोप लगाउन लागेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । यस अघि खोप लगाउन छुटेका तथा ४० वर्षभन्दा माथीको उमेर समुहका ब्यक्तिहरुका लागी पहिलो मात्राको खोप अभियान संञ्चालन गर्न लागिएको हो ।
खोप अभियानमा यस अघी भेरोसेल खोप लगाएका २१ देखी २८ दिन पुगेका ब्यक्तिहरुले पनि दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् । अभियानकै रुपमा संञ्चालन हुने खोप अभियान जिल्लाका १२३ खोप केन्द्रबाट लगाइने स्वास्थ कार्यालय बझाङका कोरोना सम्पर्क ब्यक्ति नारायण जोशीले बताए ।
विगतमा संञ्चालन भएका खोप अभियानमा धेरैजसो मान्छेहरुको सहभागीता नदेखिएका कारण यसपालीको दुइ दिने अभियानबाट धेरै ब्यक्तिलाई खोप लगाउने आधार तयार पारिएको जोशीले बताए । १६ र १७ गतेको खोप अभियानका लागी जिल्लामा करिव १५०० डोज खोप उपलब्ध भएको छ । जसमा १४ हजार ५ सय डोज खोप विभिन्न खोप केन्द्रमा वितरण गरिको छ । यस पटक जिल्लामा १५ हजार जनालाई खोप दिने लक्ष्य लिएको जोशीले बताए ।
बझाङमा संञ्चालन भएको तिन चरणका खोप अभियानबाट जिल्लामा लगभग २७ हजार जनाले खोप लगाएको जोशीले बताउनु भयो । यसअघी बझाङमा कोभिडशिल्ड र भेरोशेल खोप लगाइएको छ । सरकारले वितरण गरेको जोन्सन एण्ड जोन्सन खोप बझाङ अझै आइ नपुगेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।