बझाङमा विद्युत नियमित गर्न कालङ्गा हाइड्रोवाट लाइन जोड्नु पर्छ : यादब

बझाङ समाचार सुदुरपश्चिम

रिदम सिंह
बझाङ । जिल्लामा हुने विद्युत अनियमितताका कारण स्थानियहरु आजित भएका छन् । राष्ट्रिय प्रसारणको लाइन गाँउगाँउमा पुग्ने आसामा बसेका बझाङी राष्ट्रिय प्रसारण लाइन कै विद्युतप्रति आक्रोशित बनेका छन् । सामान्य हावाहुरी तथा पानीका कारण पनि पटकपटक अवरुद्ध हुने विद्युतले झन समस्या थप्ने गरेको छ ।
भरपर्दाे उपकरणको प्रयोग नहुनु र विद्युत लाइन तान्नेवेला पोललाई कच्चा माटो भएको स्थानमा गाडिएका करण बेला बेला यस्तो समस्या आउने गरेको चैनपुरका ब्यपारी विरेन्द्र सिंहले बताए । सामान्य समस्याले लामो समयसम्म अवरुद्ध हुने विद्युत बझाङका लागी भरपर्दाे नभएको उनले बताए ।
यता नेपाल विद्युत प्राधिकरण बझाङ शाखाले खोड्पे बझाङ जोड्ने विद्युत लाइनको काम कमसल भएको कारण बझाङमा विद्युत नियमित हुन नसकेको बताएको छ । बुङ्गलमा बन्दै गरेको कालङ्गा हाइड्रोबाट १३२ केवी लाइन नजोड्दासम्म बझाङको विद्युत दिगो हुन नसक्ने नेपाल विद्युत प्राधिकरण बझाङ शाखा प्रमुख हरेन्द्र राय यादवले बताउनु भएको छ । आफुले जिल्लाको विद्युतलाई जिल्लामा नै खपत हुनेगरी १३२ केवी लाइन कालङ्गा हाइड्रोवाट जोड्नको लागी आग्रह गरेपनि कालङ्गा हाइड्रोले कुनै प्रतिक्रिया नजनाएको प्रमुख रायको बताए ।
कालङ्गा हाइड्रोले केही महिनाभित्र नै चमेलियामा विद्युत जोड्ने भएका कारण उक्त समयमा बझाङका लागी १३२ केवी लाइन कालङ्गा हाइड्रोमा स्टेशन बनाएर जोड्न सकिएको खण्डमा बझाङमा विद्युत दिगो रुपमा संञ्चालन गर्न सकिने रायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *