बझाङ ; नेकपा एमाले बझाङको जिल्ला अधिवेशन नजिकिएसँगै पार्टी भित्र सरगर्मी बढेको छ । पार्टीका नेता कार्यकर्ता बिच भेटघाट सुरु भएको छ । पार्टीको विभिन्न तहमा कोको उम्मेदवारी दिने भन्ने कुराले चर्चा पाएको छ । यसै चर्चाबीच सबै भन्दा बढी चर्चामा आउने नाम हो युवा नेता लोकेन्द्र बहादुर सिंह (एल.बि.) । सचिव पदमा एमाले नेता सिंह एल.बि.काे चर्चा छ । उनले आफू सचिव पदको उम्मेदवार रहेको र बझाङ्गी नेता कार्यकर्ताको चाहाना अनुरुप नै उम्मेदारी दिएको सिंहले जानकारी दिए ।
को हुन सचिव पदका उम्मेदवार लोकेन्द्र बहादुर सिंह (एल.बि.) ?
लोकेन्द्र बहादुर सिंह (एल.बि.)नेकपा एमाले बझाङको सचिवालय सदस्य ,अनेरास्ववियुको नि.वर्तमान केन्द्रीय सचिव ,२०७९ सालको स्थानीय तहको चुनावमा खप्तडछान्ना गा.पा.वाट नेकपा एमालेका उमेदवार झिनो मतबाट उपविजेता .पार्टी बिभाजनको बेला बझाङमा पार्टीलाई जोगाउने एक पिलर ,अनेरास्ववियुको लामो २४बर्ष बिद्यार्थी नेताको अनुभव भएको व्यक्ति #अनेरास्ववियु प्रा.क.,जि.क.स.हुदै बझाङको अध्यक्ष,सेती अन्चल सह सयोजक #अनेरास्ववियुको क. माधव ढुंगेल अध्यक्ष हुँदाको केन्द्रीय सदस्य हुदै स्थायी कमिटी सदस्य भएर केन्द्रीय सचिव ,जयपृथ्वी क्याम्पसको स्ववियु सचिव ,विभिन्न समयमा पार्टीको (क्षेत्र नं१को निर्वाचन क्षेत्रीय कमिटी सचिवालय सदस्य ,एक इमानदार कार्यकर्ता ,युवाले रुचाएको व्यक्ति ,पार्टी भित्रको वैचारिक मान्छे ,खोज अनुसन्धान र अध्ययनशिल व्यक्तित्व ,त्रिभुवन विश्व विद्यालय किर्तिपुरवाट स्नातकोत्तर (M.ed) गरेको एक प्राज्ञिक व्यक्तित्व ,२०६२/०६३ सालको जनआन्दोलनको एक असल क्रान्तिकारी योद्धा ,बझाङमा श्री५ को सरकार लेखेको साइनबोर्डलाई नेपाल सरकार लेख्ने क्रान्तिकारी मान्छे ,चैनपुर चौराहमा तत्कालीन वैशको रुखमा राजा रानीको फोटा सवै कार्यालयवाट ल्यायर जलाउने र गणतन्त्रको चर्को नारा लगाउने व्यक्ति ,तत्कालीन बझाङको प्रमुख जिल्ला अधिकारी (सि.डि.यो.) दुर्गादत्त पौडेल लाई वहुविवाह गरेवाफत जेल चलान गर्न र कारर्वाही गर्न आन्दोलन गर्ने एक बिद्यार्थी कमान्डर ,विकृति विसंगति का विरुद्ध सधै आवाज बुलन्द गर्ने एक आवाज विहिन हरुको आवाज हो लोकेन्द्र ,हरेक खालका जातिय, क्षेत्रिय, कुसंस्कार का विरुद्ध बोल्ने एक इमानदार जनताको सेवक भएर काम गर्ने मान्छे ,बिद्यार्थी र पार्टीको कार्यकर्ता नेता बन्दा सबै १२ ओटै भूगोल चिन्ने व्यक्ति ,एक पार्टी निर्माणको कुशल संगठक हुन् ।