बझाङ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिने

समाचार

साइपालखबर संवाददाता
बझाङ । जिल्ला अस्पताल बझाङमा अक्सिजन उत्पादन प्लान्ट स्थापना गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र गम्भिर प्रकृतीका विरामीको उपचारमा प्रयोग गरिने एचडियु (हाई डिपेन्डेन्सी युनिट) बेड स्थापनाका लागि बजेट विनियोजन गरे पछि यो सम्भव भएको हो ।

स्वास्थ्य मन्त्रालयले यो कामको लागि जिल्ला अस्पताललाई १ करोड ५५ लाख र प्रदेश सरकारले ७५ लाख गरी २ करोड ३० लाख बजेट निकासा दिने निर्णय गरेको हुन । केन्द्र र प्रदेशबाट अक्सिजन प्लान्टको लागि बजेट आएको बताउदै अस्पतालका डाक्टर मिलन खड्काले प्रदेशको बजेटले अक्सिजन प्लान्ट स्थापना गर्ने र संघले छुट्याएको बजेटबाट प्रत्येक बेडमा अक्सिजन पुर्याउने प्रणाली जडान गरीने बताए ।
कोरोना संक्रमण व्यापक रुपमा फैलिन थाले पछि अस्पतालमा गम्भिर प्रकृतीका विरामीको चाप बढ्दै गएकोले अक्सिजन प्लान्ट स्थापना र एचडियु वेड जडानको लागि पहल गरिदिन जिल्ला अस्पतालले अनुरोध गरेको थियो ।

‘हप्ता दिन भित्रै उत्पादन सुरु गर्ने गरी तयारी थालेका छौ’ जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले भने ‘आवश्यक पर्ने उपकरणहरु खरिद गरी जिल्लामा ल्याउने काम भैरहेको छ,’ उनले अक्सिजन प्लान्ट स्थापना भए पछी कोरोना संक्रमितहरुको उपचारमा सहज हुने र विरामीको जिवन रक्षा गर्न ठुलो सहयोग पुग्ने बताए ।

जिल्लामा संक्रमण बढ्दै गए पछि अक्सिजन र एचडियु वेडको अभावमा धमाधम विरामीको ज्यान जान थालेको भन्दै गत हप्ता प्रतिनिधी सभा सदस्य भैरब बहादुर सिंह र आशा कुमारी विकले उपप्रधानमन्त्री तथा कोभिड संकट व्यवस्थापन समितिका संयोजक इश्वर पोखरेललाई भेटी ध्यानाकर्षण गराएका थिए ।

बझाङ जिल्ला अस्पताल प्रदेश सरकार मातहत रहेको र पुर्वाधारको व्यवस्था गर्ने जिम्मेवारी प्रदेश सरकारको भए पनि जिल्लामा महामारीको अवस्था भयावह बन्न थाले पछि स्वास्थ्य पुर्वाधारको लागि आफुहरुले पहल गरेको सा“सदहरुले बताएका छन । ‘खासमा यो प्रदेश सरकारको जिम्मेवारी भित्र पर्ने काम हो’ सा“सद आशा कुमारी विकले भनिन ‘अहिले संकटको अवस्थामा कसको जिम्मेवारी भन्दा पनि जनताको ज्यान बचाउनु ठुलो कुरा भएकोले हामीले मन्त्रालयलाई दबाद दिएर बजेट छुट्याउन लगाएका हौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *