प्रत्यक्षमा जिताउने बझाङ्गीका लागि किन गुमनाम भइन् सांसद मल्ल

मकरराज धामी

प्रत्यक्षतर्फ निर्वाचित सुदुरपश्चिमकै एक्लो सांसद महिला देवकी मल्ल प्रदेशसभा प्रवेशसंगै भारी मत दिएर जिताउने बझाङ्गीका लागि गुमनाम । 

बझाङ । भनिन्छ, ईतिहास संघर्ष गर्नेहरुको लेखिन्छ । तर कतिपय संघर्षशील पात्रहरु बीचैमा गुमनाम भैदिन्छन् । गरिबी, अभाव, अन्याय र शोषण विरुद्ध निरन्तरको संघर्षशिल यात्राको बीचैमा गुमनाम भएकी छन् सांसद देवकी मल्ल ।

उनी हाल सुदुरपश्चिम प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित एक्ली सांसद हुन् । नेकपा एमाले निकट अनेरास्ववियुमा साधारण सदस्य भएर राजनीतिमा प्रवेश भएकी उनको प्रदेश सांसद सम्म आइपुग्दाका संघर्षका कथा बेग्लै छन् ।

उनी २०३७ सालमा बझाङको साविक बाँझ गाविस – ५ सैन्स्युँमा जन्मिइन् । बझाङमा कम्युनिष्ट आन्दोलनको एक कुशल योद्धा थिए उनका बुबा धनबहादुर मल्ल । लामो समय देखि कम्युनिष्ट आन्दोलनमा सहभागी मल्ल आर्थिक र कृषि क्रान्तीका लागी प्रेरणाको स्रोत थिए । कम्युनिष्ट पार्टीका कुशल सङ्गठक मल्लको हक्की र स्पष्ट वक्ता स्वभावलाई धेरैले मन पराउँथे । सामाजिक क्षेत्रमा सक्रिय बुबाको राजनैतिक प्रभाव विस्तारै छोरी देवकीमा पनि पर्दै गयो ।

बुबाको राजनैतिक प्रभावले उनले २०५२ सालमा १७ बर्षको कलिलो उमेरमै नेकपा एमाले निकट अनेरास्ववियुको साधारण सदस्यबाट राजनैतिक यात्रा सुरु गरिन् । त्यतिबेला कम्युनिष्ट आन्दोलका नेता वीरेन्द्र भण्डारीले उनलाई सदस्यता दिलाएका थिए । भण्डारी उनका बुबाका सहपाठी थिए ।

यसैबीच देशमा माओवादी द्धन्द्धको चहलपहल सुरु भयो । २०५४ साल तिर उनका बुबा धनबहादुर मल्ल देशको आमुल परिर्वतन र बर्ग संघर्षका लागी उक्त द्धन्द्धमा होमिए । उनी भन्छिन्, ‘बुबा माओवादीमा लागेको खबर पाएपछि घरमा आएर सरकार पक्षले बेला–बेलामा दुख दिन थाले, घर बस्ने स्थिति नभएपछि क्रान्ति, युद्ध र संघर्षको बीच २०५७ साल देखि म पनि माओवादीको पुर्णकालीन कार्यकर्ता भएर संगठन विस्तारमा लागे ।’ उनको भनाइमा एमालेबाट माओवादीतर्फ मोडिएको राजनीतिक यात्रा जनपक्षिय राज्य शासन प्रणलीका लागी थियो । फलतः २०५८ सालमा स–परिवारै भुमिगत भएर द्धन्द्धमा होमिए ।

भुमिगत हुदा मल्लले महिला संगठनको नेतृत्व थालिन । इलाका सेक्रेटरी, जिल्ला अध्यक्ष, प्रदेश व्युरो सदस्य हुदै अनेम संघ क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष बनिन । २०६० सालमा अनेम संघ क्रान्तिकारीको चितवनमा जारी भेलाबाट सहभागि भई फर्कदैगर्दा कैलालीको सुख्खडमा उनलाई नेपाली सेनाले गिरफ्तार ग¥यो ।

द्धन्द्धमा होमिदा सधै राज्य पक्षको तारो हुनुपरेको थियो । ‘पटक–पटक मृत्युलाई पराजित गरेर जितेको मान्छे गिरफ्तार परेपछि अब बाँचिदैन होला भन्ने लागेको थियो,’ उनले सम्झिइन् । युद्धमा पटक–पटक ज्यान जोगाउन सकेकाले पनि होला मृत्युसंग कुनै डर थिएन तर गिरफ्तारपछि सेनाहरुले दिएको यातना खपिनसक्नु थियो । द्धन्द्धको निसानामा परेर थुप्रै आमाहरुको काख रित्तियो, विवाहित महिलाहरुको सिउदो उजाडियो । थुप्रैले आफन्त गुमाए । त्यो १० बर्षे द्धन्द्धमा १७ हजार नेपाली ज्यान गुमाएका थिए ।

द्धन्द्ध र संघर्षको दौडानमै उनी मिनबहादुर थापाको प्रेममा परिन् । थापा माओवादी द्धन्द्धकै सहयोद्धा थिए । त्यतिबेला उनीहरु साविकको दहबगर गाविसको दहमा सैन्य अभ्यासमा थिए । दहबगर उनीहरुको आधार इलाका थियो । पार्टीको निर्देशन नै उनीहरुको कानुन हुन्थ्यो । अटेर गरे कारवाहि भोग्नुप¥थ्यो । केही महिना पश्चात मल्ल – थापाको प्रेम सम्बन्धबारे पार्टीभित्र हल्ला चल्यो । पार्टी नेतृत्वले विवाह गर्न निर्देशन दियो । उनीहरुले जनवादी विवाह गरे ।

विवाहले राजनीतिक यात्रालाई रोकेन । त्यसैक्रममा छोराको जन्म भयो । छोराको अन्न प्रासन पछि हजुरआमाको जिम्मा लगाएर देवकीजोडी पार्टीको काममा फर्किए । त्यसपछि शान्ती प्रक्रिया भईसकेपछि पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै आइन् ।

देशमा राजनैतिक घटनाक्रमको उतारचढाव रहदै आयो । देशमा संघियता लागु भएसंगै २०७४ साल प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मिति तोकियो । राजनीतिक दलहरुमा चुनावी सरगर्मी सुरु भयो । दलका नेताहरु टिकटको लागी शिर्ष नेताका घरदैलो धाउन थाले ।

टिकट कस्लाई दिने, कस्ले लिने भन्ने सवालमा मुद्धा नै बन्यो । मल्ल तत्कालिन माओवादी केन्द्रका शिर्ष नेता रामबहादुर थापा ‘बादल’ निकट थिइन् । पार्टीका शिर्ष नेताहरुले समानुपातिकको लागि उम्मेदवारी दिनुपर्ने सुझाव दिए ।

उनलाई प्रत्यक्षबाटै निर्वाचन लड्ने चाहाना थियो । शिर्ष नेताहरुसित यही अडान राखिन् । तर उम्मेदवारी दिँदा पनि प्रदेशमा दिने कि केन्द्रमा दिने भन्ने अन्योलमा थियो उनलाई । त्यसै बेला उनको निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट पुर्व राज्यमन्त्री समेत रहेका नरेसबहादुर सिंह सिफारिस भए । सिंह नेपाली काँग्रेसका बलिया उम्मेदवार हुन ।

सिंहले टिकट पाउने भएपछि जिल्ला स्तरका नेताहरुले आफुहरुले जित्ने सम्भावना नदेखेपछि माओवादीबाट प्रदेश ‘ख’ का लागी उनी सिफारिसमा परिन् । टिकट पाइसकेपछि निर्वाचन जित्नुपर्ने दबाव बढ्यो ।

‘एकातिर कसरी जित्न सकिन्छ भन्ने पिरलो हुन्थ्यो भने अर्का तिर संसदिय व्यवस्था, एक्काईसौ शताब्दीको जनवाद र बर्ग संघर्षका लागी लडेकी मान्छे म के यहि निर्वाचन प्रक्रियामा जानका लागी हामीले द्धन्द्ध गरेको हो त भन्ने प्रश्नले सताउथ्यो,’ उनले सुनाइन् । उनलाई बलिया प्रतिद्धन्द्धीसंग हार स्विकान सक्ने दरिलो मानसिकता पनि बनाउनु नै थियो ।

निर्वाचनमै बेला नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन गरे । यसले जितको आशा पलायो । उनी बिकास निर्माणसंगै सुदुरपश्चिममा व्याप्त छाउपडी प्रथा, जातीय तथा सामाजिक विभेद, लैगिंक हिंसा विरुद्धको चुनावी घोषणापत्र लिएर घरदैलो अभियानमा लागिन् ।

अन्तत बलिया प्रतिद्धन्दी रहेका नेपाली काँग्रेसका उम्मेदवारलाई २ हजार ५ सय मतले पछाडी पार्दै विजयी भइन् । उनी प्रत्यक्षतर्फ जित्ने सुदुरपश्चिमकै एक्लाे सांसद महिला भइन् ।

त्यसपछि प्रदेशसभाको यात्रामा लागेकी सांसद मल्ल गृहजिल्लाका लागि गुमनाम नै भएकी छन् । जसरी फेरिएको व्यवस्था र नेतृत्वले आमनागरिकलाई छोएको छैन, त्यसैगरी उनका चुनावी एजेण्डालाई बझाङ्गीले अनुभव गर्न पाएका छैनन् ।

उनी दुखेसो पोख्दै भन्छिन्, ‘मेरो रहर होइन, देशको व्यवस्थाले म माथि लादिएको बाध्यताले यसो भएको हो ।’ संविधानले राज्यको हरेक अंगमा महिलाको समानुपातिक सहभागितालाई समेटेको छ । संविधान लेख्न र संघियता ल्याउनमा महिलाको भुमिका अमुल्य छ । तर महिलालाई अर्थपुर्ण सहभागिता दिन नचाहादा अझैपनि सामाजिक चेतनास्तरलाई उकास्न नसक्नुले आफ्ना चुनावी एजेण्डा पुरा गर्न अवरोध पुगेको बताइन् ।

पुरुष प्रधान सामाजिक संरचनाले महिलाप्रति हेर्ने दृष्टिकोण पर्याप्त मात्रामा फेरिएको छैन । महिलालाई नेतृत्व तहले पनि दवाउने गरेका छन् । जस्तो स्थानीय तहमा महिलालाई उप–प्रमुख पदमै चित्त बुझाउन बाध्य बनाइयो । आफुले हरेक विकासे योजना होस् या सामाजिक कार्य सम्बन्धित स्थानीय तहसंग सहकार्य गरेर काम गर्नुपर्ने हुन्छ ।

स्थानीय सरकार प्रमुख पुरुष नै हुने हुदा आफुले अघि सार्न खोजेका एजेण्डाहरु महिला ट्याग लगाएर कम प्राथमिकतामा पारिदिइन्छन्, अथवा उक्त योजना गर्नै दिइदैन । लाभ हुनेगरी मोडालिटी परिवर्तन गर्न लगाइन्छ ।

सांसद मल्ल बझाङको विकासमा अनुभुति हुनेगरी नदेखिनु त छदैछ । पछिल्लो राजनीतिक जोडघटाउमै पनि चर्चा सुनिएको छैन । जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे देखि देशमा राजनैतिक अस्थिरता सुरु भएको छ । सुदुरपश्चिम प्रदेशमा पनि यसको प्रभाव परेको छ । राज्य पुनःसंरचनाले संघर्षशील महिलाहरुलाई जनताको प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने सफलता मिलेको छ ।

तर पार्टीका शिर्ष नेताहरुसंग निकटम सम्बन्ध हुनेहरु मात्र मन्त्री हुने परिपाटी छ । अहिले प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले अर्थ तथा योजना र भोतिक पुर्वाधार मन्त्रालय पनि सम्हाल्दै आएका छन । महिलाहरुमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी मन्त्री छन् । यी दुबै जना सामानुपातिक सांसद हुन ।

प्रदेशमा नेकपा एमाले बाट माया भट्ट, माया तामाङ, पूर्णा जोशी, मनाकुमारी साउद, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, अर्चना गहतराज, र दुर्गाकुमारी कामी गरी आठ जना सांसद छन् । तत्कालिन् नेकपा माओवादी केन्द्रबाट निर्मला बडाल, देवकी मल्ल, कुन्ती जोशी, विनिता देवी चौधरी र शान्ति नेपाली गरी पाँच जना छन ।

त्यस्तै गरी नेपाली काँग्रेसबाट दिश्यश्वरी शाह, अम्बिकुमारी थापा, कुमारी नन्दा बम र उमाकुमारी वादी गरी चार जना सांसद हुन । प्रदेशमा १७ जना महिला सांसद मध्ये देवकी मल्ल मात्र प्रत्यक्षबाट जितेकी एक्ली महिला सांसद हुन । मन्त्रालय हेरफेरको बेला अरु सबैको चर्चा चलेपनि मल्ल गुमनाम छिन् ।

प्रत्यक्षबाट जितेर पनि मन्त्री नहुनु आफैमा दुखद भएको कतिपयको भनाई छ । प्रदेश सभा गठनका बेला भुगोललाई मिलाउनु पर्ने भन्दै सभामुख र मन्त्री दुई पद बझाङ दिन नसकिने बताएका थिए । ‘त्यो समयमा लेखराज भट्टले चाहेको भए म मन्त्री बनाउन सक्थे होला, उनी माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेशका ईन्चार्ज थिए, मलाई मन्त्री बनाउन पार्टीको चाहानामा अभाव भएको थियो,’ उनले भनिन् । तर आफुले मन्त्री बन्नका लागि कसैसित हारगुहार नगरेको बताइन् ।

र अबको राजनीतिक यात्रामा भने विगतको सोधभर्ना हुनेगरी आफुले गरेको संघर्षको पार्टीले उचित मुल्याङकन गर्नेमा ढुक्क रहेको बताउ“छिन । ‘मैले प्रत्यक्षबाट जितेर आएकी हुँ, मेरो मात्र होईन मेरो परिवारको पार्टीका लागी गरेको त्याग र योगदानको पार्टीले मुल्याङकन गर्नेमा विश्वस्त छु,’ उनले स्पष्ट पार्दै भनिन् ।

यति हुदाहुदै पनि मन्त्री बन्न नसकेरै बझागीं जनताको आवश्यकतालाई पुरा गर्न नसकेकोमा भने पछुतो छ उनलाई । ‘प्रतिपक्ष दलले पनि प्रत्यक्ष बाट जितेको महिलालाई किन सरकारमा सहभागि गराएन भनेर प्रश्न गरिरहेका हुन्छन्, म बादल निकट भएकै कारण मलाई पार्टीले नै अन्यायमा गरेको हो कि भन्ने लाग्छ,’ उनले भनिन्, ‘यदि पार्टीले चाहेको भए मलाई जुनसुकै बेला पनि मन्त्री बनाउन सक्थ्यो तर म कसै नेताको नजिकको परिन, मलाई मेरा बझागीं जनताले दिएको मतको अपमान भएको आभास भइरहेको छ ।’