बझाङमा नेविसंघका अध्यक्ष कठायतद्धारा स्वास्थ्य सामाग्री वितरण

सत्यराज सिंह
बझाङ । यहाँको वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई जन्मदिनको अवसरमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सचिव ललितबहादुर सिंहको समन्वयमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ मष्टा गाउँपालिकाका अध्यक्ष विनोद कठायतले आफ्नो जन्मदिनको अवसरमा स्वास्थ्य सामाग्री वितरण गरेका हुन ।

विपि कोइराला युवा नेतृत्व विकास मञ्चका जिल्ला सह– सचिव समेत रहेका युवा नेता कठायतले जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालयमा पुगेर सुरक्षाकर्मीहरुलाई स्यानिटाइजर र माक्स वितरण गरेका छन् । उनले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटाएर कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएर सुरक्षा दिइरहेका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको बताए ।

प्रायजसो मानिसहले आफ्नो जन्मदिन ठूला ठूला होटलमा गएर भव्य खर्च गरेर मनाउने गर्छन । तर, नेविसंघका नेता कठायतले आफ्नो जन्मदिनमा सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री दिएर मनाएका छन् ।
कठायतले आफ्नो जन्मदिनको दिन विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ लाई मध्यनर गर्दै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर जन्मदिन मनाउँदा निकै खुसी लागेको बताए ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा वडा प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीहरुले नेता कठायतलाई जन्मदिनको शुभकामना सहित धन्यवाद दिए ।