यार्सा संकलन क्षेत्रमा फोहोर व्यवस्थापन, चिटिक्क बन्दै साइपाल

सत्यराज सिंह
बझाङ । साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको छ । साइपाल गाउँपालिकाको आयोजना साहारा नेपालको सहकार्यमा बझाङको हिमाली क्षेत्रको जैविक विविधतालाई संरक्षण गर्न सरसफाई अभियान सञ्चालन गरिएको हो ।

साइपाल गाउँपालिका भित्र पर्ने संकलनक्षेत्र औलागाड, राईढुंगी, माझा लगाएतका वनहरुमा फालिएका पुराना लुगाकपडा, जुत्ता, प्लास्टिक सिसाहरु लगाएत अन्य यार्सा संकलनकर्ताहरुले फालेको फोहोरलाई खाल्डो खनेर विर्सजन गरिएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीको नेतृत्वमा खटिएको टोलीले यार्सा संकलन क्षेत्रमा अस्थाई शौचालय र्निमाण गरेको छ ।

यार्सा संकलन क्षेत्रमा फोहोरका कारण यार्सा उत्पादन दिन प्रतिदिन घट्दै गएको यार्सा संकलक ज्योती फडेराले बताइन् । होटलबाट निस्कने सिसाका बोतल र कुहिने तथा नकुहिने फोहोर थुप्रिँदै गएपछि वातावरण प्रदुषित बनेको छ । “ पहिला एकै दिनमा एक सय, डेढ सय यार्सा पाउथ्यौ, अहिले एक महिना भरी खोजे पनी त्यति यार्सा पाइदैन,’उनले भनिन्, ‘हिउ कम पर्न थाल्यो, पानी कम पर्न थाल्यो, यार्सा र अन्य जडिबुटी पनी लोभ हुन थाल्यो ।”

साहारा नेपालका अध्यक्ष ज्ञानबहादुर बोहोराले यार्सा संकलनमा आउनेले जथाभावी फोहोर फालेर यहाँको जैविक विविधतालाइ नकरात्मक असर पारेको बताए । प्लाष्टिक, सिसाजन्य, पुराना जुत्ता, चप्पल र खेर गएका लत्ताकपडाहरु जताततै फालेको भेटिन्छ । ‘यहि मात्रामा फोहोर थुप्रने हो भने जैविक विविधताको धनी भनेर चिनिने हिमाली क्षेत्र नष्ट हुने देखिन्छ, त्यसमा गाउँपालिकाले मात्र नभइकन आम नागरीकले आफ्नो कर्तव्य ठानेर संरक्षण, व्यवस्थापन गर्न सकेनौ भने जडिबुटी हैन हामी फोहोर बाहेक हिमाली क्षेत्रमा अरु केहि पनि नपाईने अवस्था सिर्जना हुन सक्छ,’ उनले भने ।

साइपाल गाउँपालिका धार्मीक, सांस्कृर्तिक र प्राकृर्तिक सम्पदाले भरिपुर्ण छ । छागा, छहरा वनजंगल, वन्यजन्तुहरु, तालतलैया, सुन्दर हिमाल छन् । साइपालको सम्पदा र पर्यटन सम्भावनासंग जोडिएका यि क्षेत्रको नासिन नदिन गाउँपालिकाले फोहोर व्यवस्थापन थालेको हो । गाउँपालिकाले यो कार्य सह्रानिय रहेको पर्यटन अभियन्ता किशोर खड्काले बताए ।

अघिल्ला बर्षहरुमा पनि गाउँपालिका र गैरसरकारी संस्थाहरुको साँझेदारीमा फोहोर व्यवस्थापन गर्दै आएको साइपाल गाउँपालिकाका अध्यक्ष धामी बतताउँछन् । “गाउँपालिकामा बसोवास गर्ने जनसंख्या कम भएपनी यार्सा लगाएत अन्य जडिबुटी संकलन क्षेत्र भएकाले बाहिरी जिल्ला तथा अन्य स्थानियतहहरु बाट पनी धेरै मानिसहरु आउने गरेको छन, अघिल्लो बर्षको आकडा अनुसार बर्षमा प्रर्ति व्यक्तिm सात केजीका दरले साइपालमा फोहोर थुप्रने गरेको छ, समयमै हिमाली क्षेत्रमा फोहोर व्यवस्थापन गर्न गाउँपालिका लागी परेको छ,’ उनले भने, ‘फोहोर व्यवस्थापनका लागी खाल्डो खनेर फोहोर विर्सजन गर्ने गरेका छौ , हामी विस्तारै गाउँपालिकाको क्षेत्र भित्र आएका व्यक्तिहरुको सुची बनाएर बोकेर पुन प्रयोग गर्न सकिने प्लाष्टिक र सिसा जन्य फोहोरहरु जुन ठाउँबाट ल्याएको हो त्यहि ठाउँमा फिर्ता गर्ने खालको सिस्टम बसाल्न लाग्दैछौ ।’ यार्सा लगायत अन्य जडिबुटी संकलन गर्न बर्षेनी पाँच हजार मानिस साइपाल क्षेत्र पुग्छन् ।

गाउँपालिकाले कोरोनाको जोखीम बढ्दै गएपछी यार्सा संकलकहरुलाइ कुनै पनी किसिमको समस्या नहोस भनेर यार्सा संकलन परिचयपत्रको पनि व्यवस्था गरेको छ । गाउँपालिकाबाट खटिएको टोलीले यार्सा संकलन क्षेत्रमा यार्सा संकलनकर्ताहरुलाइ भेला गराई यार्सा संकलन क्षेत्रहरुमा वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनका लागी समितिहरु समेत गठन गरेको छ । यार्सा संकलन क्षेत्रमा खोलीएका पसल होटल व्यवसायीहरु तथा यार्सा संकलकहरुलाई आ– आफ्नो पालको अगाडी फोहोर व्यवस्थापनको लागी खाल्डो बनाउन लगाएको छ ।