डाेटी । डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका चार जना व्यक्तिवलाई बुधवार नागरिक अभिनन्दन गरेको छ ।
सामाजिक तथा पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पु¥याए बापत पत्रकार दीर्घराज उपाध्यायलाई समाजसेवासंगै औद्योगिक विकास तथा रोजगारी सृजनामा उत्कृष्ट योगदान पु¥याए बापत बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवाल र समाजसेवी संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सहदेव(एसपी) सोपकोटा र उनका दाई बसन्त सापकोटा(अमेरिका)लाई संयुक्त रुपमा सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालय डोटीले बुधवार नागरिक अभिनन्दन गरेको हो ।
सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, भवानी माध्यामिक विद्यालयका अध्यक्ष धन बहादुर सिंह, प्रधान अध्यापक खड्क बहादुर सिंहले सायल गाउँपालिकाका नागरिकका तर्फबाट बुधवार विद्यालयमा आयोजित दोसल्ला र अभिनन्दन पत्र प्रदान गरे ।
‘पत्रकारिता र समाजसेवाका माध्यमबाट तपाईले आफ्नो पुख्र्यौली थलो डोटीको सायल गाउँपालिका र सुदूर पश्चिम प्रदेशको नाम देशविदेशमा चिनाउनुभएकोमा हामी गौरवान्वित भएका छौ,’ सायल गाउँपालिकाद्धारा पत्रकार उपाध्यायलाई प्रदान गरिएको अभिनन्दन पत्रमा भनिएको छ,’पत्रकारिता र सामाजिक क्षेत्रमा तपाईले पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै सायल गाउँपालिका आम नागरिकका तर्फबाट अभिनन्दन गर्दछौ ।
सुदूरपश्चिमको औद्योगिक विकास र रोजगारीका अवसरहरु सृजनासंगै सामाजिक उत्तरदायीत्व बहन गर्दै सामाजिक क्षेत्रमा निरन्तर रुपमा गर्नु भएको सहयोगको उच्च प्रशंसा गर्दछौ, अग्रवाललाई प्रदान गरिएको अभिनन्दन पत्रमा भनिएको छ, डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका ५०० विद्यार्थीहरुको पोशाकको सिलाई खर्च सहयोग गर्नुभएकोमा आभार व्यक्त गर्दछौ । त्यसका साथै सुदूरपश्चिममा आर्थिक अभावमा उपचारबाट बञ्चित व्यक्तिहरुको उपचार, दिनदुःखीहरुको सेवा, शिक्षा, स्वास्थ्य खानेपानी र धार्मिक क्षेत्रमा तपाईले गर्नुभएको अतुलनीय सहयोगको उच्च कदर गर्दै सायल गाउँपालिका आम नागरिकका तर्फबाट अभिनन्दन गर्दछौ ।
गरीव, असहायको सेवा, अनाथ बालबालिकाको शिक्षादिक्षा र आर्थिक अभावमा उपचारबाट बञ्चित व्यक्तिहरुको उपचारका लागि निरन्तर रुपमा गर्दै आउनुभएको सहयोगको उच्च प्रशंसा गर्दछौ, सापकोटा दाजुभाईलाई प्रदान गरिएको अभिनन्दन पत्रमा भनिएको छ, यहाँहरुले डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका ५०० विद्यार्थीहरुलाई पोशाक र १० जना विद्यार्थीलाई छात्रबृति उपलब्ध गराउनु भएकोमा आभार व्यक्त गर्दछौ । त्यसका साथै गरीव, असहायको सेवा, अनाथ बालबालिकाको शिक्षादिक्षा र आर्थिक अभावमा उपचारबाट बञ्चित व्यक्तिहरुको उपचारका लागि निरन्तर रुपमा गर्नुभएको अतुलनीय सहयोगको उच्च कदर गर्दै सायल गाउँपालिका आम नागरिकका तर्फबाट तपाईलाई अभिनन्दन गर्दछौ ।
विद्यालयको गुणस्तर बृद्धि तथा पठ्न पाठनमा सहयोग पु¥याउने उद्देश्यले बिद्यार्थीहरुको पोशाक, झोला, छात्रबृति र पुस्तकालय स्थापनाका लागि दीर्घराज उपाध्यायद्धारा थालिएको अभियानमा बरिष्ठ उद्योगपति अग्रवाल, समाजसेवी सापकोटाले उल्लेख्य सहयोग गरेका थिए ।
सोही समारोहमा पुस्तकालय, छात्रबृति र झोला लगायतका सामग्री प्रदान गर्ने एलआरआई काठमाण्डौंका संस्थापक शिवराज पन्त, समाजसेवी मधु पाठक, चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी, सुधा व्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देल, बाल्मिकी ईन्टरनेशनल धनगढी, पर्यटन व्यवसायी अमर बहादुर शाही(काठमाण्डौं), हिक्मत थापा (नाईजेरिया),खेमराज उपाध्याय(धनगढी) र तिर्थराज जोशी(काठमाण्डौ) लाई कदर पत्र सहित सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले सम्मान गरेको थियो ।