बझाङ : घरेलु तथा साना उधोग कार्यालय बझाङका बरिष्ट उधमविकास सहजकर्ता दशरथ जप्रेलले दुर्गाथलीको एक बाल आश्रममा रहेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेका छन ।
उनले शुक्रबार आफ्नो जन्मदिनको अवसरपारी दुर्गाथली गाउँपालिका–१ मा रहेको मदन भण्डारी बाल आश्रमका १७ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।
जप्रेलले शुक्रबार आश्रममै पुगेर प्रती बालबालिका १ झोला १ ओटा कपि, साथमा डटपेन, पेन्सिल, इरेजर, कटर उपलब्ध गराएका थिए । उक्त शैक्षिक सामाग्री पाएसंगै बालबालिकाहरु खुशी भएका छन ।
जन्मदिनको अवसरमा फर्जुल खर्च गर्ने परम्परालाई बिर्सिदै सामाजीक कार्यमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिनको लागि आफुले सहयोग गरेको उनले बताए ।
साथै जप्रेलले आफ्नो जन्मदिन सधैका बर्षमा उक्त आश्रममा मनाउने गरेका छन् । जप्रेलले अझै पनि सकेको सहयोग गर्ने प्रतिवद्दता जनाउदै बालबालिकाको शैक्षिक क्षेत्रमा उज्वल भविष्यको कामना पनि गरे । आश्रममा रहेका बालबालिकाहरुले जप्रेललाई पालैपालो जन्मदिनको शुभकामना दिएका थिए ।