बझाङबाट एकैचोटी दुई जना न्यायाधिशमा शिफारिस

बझाङ

बझाङ। बझाङका दुइ जनाले एकै पटक न्यायाधिस पदको परिक्षा उर्तिण गरेका छन । न्याय सेवा आयोगले लिएको परिक्षामा बझाङका बसन्तराज जोशी र कमलकान्त जोशी उर्तिण भएका हुन ।
यस अघी सर्वाेच्च अदालत फैसला कार्यान्वयन निर्देशनालाय शाखा अधिकृत पदमा कार्यरत वसन्त बझाङको थलारा गाउँपालिका –८ का स्थानिय हुन भने कमलकान्त पनि बझाङकै जयपृथ्वी नगरपालिका –४ का स्थानिय हुन । कमलकान्त सर्वाेच्च अदालतमा उप सचिव पदमा कार्यरत छन ।
न्याय सेवा आयोगले उनिहरु सँगै अन्य छ जनालाई आइतवार जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले जेठ ३१ गते लिएको परिक्षामा २०३ जना सहभागी भए पनि आठ जनाले मात्रै लिखित परीक्षा पास गरेका थिए ।
लिखित परिक्षामा उतिर्ण सबैलाई अन्तरवार्ता पछि नियुक्तिका लागि सिफारिस गरेको आयोगका प्रवक्ता अशोक क्षेत्रीले जारी गरेको सुचनामा उल्लेख छ । न्यायधिस नियुक्तिको लागि सिफारिस हुनेमा बझाङका जोशीद्धय सहित अन्जनराज सापकोटा, चन्द्रमणि चापागाईं, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई र मनिराज ज्ञवाली रहेका छन् ।
आयोगले ४३ जनाको लागि आह्वान गरेको विज्ञापनमा आन्तरिक खुला, खुला, महिला आदिवासी जनजाती, दलित र अपाङगता भएकाबाट गरी ४३ जनाको लागि विज्ञापन खोलेको थियो । जसमा आठ जना मात्रै उर्तिण हुन सफल भएको न्याय सेवा आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *