तल्कोट दरवारको विकासक्रम र बिद्रोह

एल बि बोहरा – बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट झण्डै २३ किलोमिटर उत्तर(पूर्वमा अवस्थित तलकोट गाउँपालिकाको केन्द्र नजिकै रहेको दरवारको नाम हो तल्कोट दरवार। यो दरवार सेतीनदी र तल्कोटीगाडको दोभानबाट झण्डै ५०० मिटर उचाइमा रहेको एउटा अग्लो चट्टानी टाकुरामा बिराजमान छ। अनुमान गर्न सकिन्छकि, उत्तरपट्टिबाट बहने सेतीनदि तथा पूर्वपट्टिबाट बहने तल्कोटीगाडको नियमित कटानबाट नै यो दरवार रहेको क्षेत्रको उत्पति भएको हुनुपर्दछ।
यस दरवारलाई बझाङ जिल्लाका अन्य साना ठूला दरवारझैं एक ऐतिहाँसिक सम्पदा मानिन्छ। यसको सम्मुखमा एउटा सानो तर प्राचिनता बोकेको बजार छ । जसलाई खौलाबजार भनिन्छ। खौलाबजारको आँगनिबाट दरवार रहेको क्षेत्रसम्मै फैलिएर रहेका झण्डै १६५ वटा ढुङ्गाले बनेका खुट्किलीहरु छन। यिनै खुट्किलिहरु चढेर दरवारमा पुग्न सकिन्छ। हालको दरवार निकै बर्ष अगाडि निर्माण भएका कारण हिजोआज यसको स्वरुपमा निकै मलिनता देखिएता पनि ऐतिहाँसिक प्राचिनता झल्किन्छ। यसको वरिपरि विभिन्न देवीदेवताका मठमन्दिरहरु रहेका छन। त्यसैले यसलाई यस क्षेत्रकै आस्थाको धरोहर समेत मानिन्छ।

तल्कोट दरवार एक इतिहाँसिक दरवार हो। नेपालमा राजारजौंटाहरुको औपचारिक शासन रहुन्जेलसम्म यहाँ सिंहथरका रजबारहरुले राजकाज गर्ने गर्दथे। तल्कोट दरवारको रजवारी सिंहथरका रजवारहरुले केकसरी प्राप्त गरे भन्ने बारेमा म यहाँ चर्चा गर्न चाहन्छु। सबैलाई थाहा भएकै कुरा हो, नेपालमा बिगतमा राजकाज पाउँन तथा राजा हुनकालागि राजपरिवारको जेष्ठ पुत्रलाई चयन गरिन्थ्यो। यो परम्परा प्राय अधिकांश राजकीय क्षेत्र तथा दरवारहरुमा थियो। तर, कतिपय ठाउँहरुमा त्यहाँका राजा तथा रजबारहरु चयन गर्ने आफ्नै मौलिक परम्पराहरु थिए। कतै पुरुषहरुबिच दौडको प्रतिस्प्रधा गराइन्थ्यो भने अन्य कतिपय स्थानहरुमा साहसिक तथा अलौकिक काम गरेको आधारमा राजा चयन गरिन्थ्यो। तल्कोट दरवारमा पाएको रजवारी पनि यस्तै मौलिक परम्परासंग सम्बन्धित थियो। तर, रजवार हुन भने परिवारको जेठो सुपुत्रलाई नै छानिन्थ्यो।
प्राचिन समयमा तत्कालिन बझाङ राज्यको दरवार ‘बझाङ्याकोट हालको ( छविसपाथिभेरा गाउँपालिकास्थित ) मा प्रायः नियमित रुपमा चट्याङ्ग परिरहन्थ्यो। त्यसकारण त्यँहास्थित राजपरिवारहरु भयभित थिए। राजाले लामोसमयसम्म त्यसको कारण खोज्ने प्रयास गरे। तर उचित कारण ठम्याउँन सकेनन्। तत्कालिन समयका राजगुरुहरुले राजालाई एउटा ठूलो खड्क (हतियार)को सहायताले उक्त चट्याङ्गको दिशा परिवर्तन गरेर राज्यमाथिको अनिष्ट टार्न सकिने कुरा सुझाए। राजाले सोहि बमोजिम आफ्नो कुलघरानाका पुरुषहरुमध्य त्यो साहसिक काम गर्न सक्ने व्यक्तिको खोजि गर्न थाले। साथै, उक्त साहसिक काम गर्ने व्यक्तिलाई बजाङ भित्रपर्ने कुनै ईच्छ्याएको ठाउँमा रजवारी प्रदान गर्ने कुरासमेत सुनाए। त्यसकालागि धेरै साहसिक पुरुषहरु अघि सरे। तर, अन्ततहः बाजि भने मेदनी सिंह नामका व्यक्तिले हात पारे। उनै मेदनी सिंहले ईच्छ्याए बमोजिम बझाङीराजाको बाहुलीबाट हालको तल्कोट छेत्रमा रजवारी पाएका थिए, भनिन्छ।
तल्कोटको रजवारी मेदनी सिंहले पाउँनुपूर्व त्यहाँस्थित नुगाडिकोटमा (हालको लुगाँडा गाउँ)लडछडी रावलथरका राजाले राज्यगर्ने गर्दथे। पछि बझाङी राजाले आफ्ना सेनाहरु त्यसतर्फ पठाइ नुगाडिकोटमा रहेको दरवार ९निगालि खम्वा र भुजपातको छाना भएको०मा आक्रमण गरी बिजयप्राप्त गरेका थिए। त्यो सफलतासंगै मेदनी सिंहको रजवारी सर्वप्रथम हालको तल्कोटस्थित नुगाडिकोटमा सुरु भएको थियो। तत्कालिन समयमा प्रायः राजारजौंटाहरुले आफू र आफ्नो राजकाज सुरक्षित राख्न अग्लो भूभागमा दरवार बनाउने परम्परा भए बमोजिम मेदनी सिंहले आफ्नो रजवारीलाई नुगाडिकोटबाट हालको तल्कोटमा सारेका थिए। त्यो संगै तत्कालिन तल्कोटभित्र रहेका स-साना रजवारीहरु जस्तै चौसालकोट, दानाकोट, कवाडिकोट, उपरकोट, आदि लगायतका कोटहरुमाथि समेत मेदनी सिंहका सेनाहरुले बिजयप्राप्त गरी एकीकृत रजवारी कायम गरेका थिए। तत्कालिन तल्कोट राज्यको रजवारी पहिलो रजवार मेदनी सिंह देखि क्रमशः मेदनसिंह, दिलिपसिंह, प्रतापसिंह, बृषसिंह, भोपालसिंह, माधुसिंह तथा आठौं रजवार भक्तिसिंहको पालासम्म शान्ततवरले सञ्चालन भएतापनि नवौं रजवार महेश्वरसिंहका पालामा त्यसक्षेत्रमा बझाङी राजाका सेनाहरु प्रवेश गरी तल्कोटको रजवारीमाथि बिद्रोह गरेको इतिहाँस छ उक्त बिद्रोहमा महेश्वरसिंहका नौवटा छोराहरु मध्य सातवटाको हत्या भएको थियो। ती मध्य जेठा छोरा मानदत्त सिंहलाई हालको छडाखेती मन्दिर तलपट्टिको घाटमा, मानसिंहलाई थापागाउँको माथिपट्टि तथा एवं तवरले अन्यदाजुभाइहरु हत्या गरिएका थिए। बझाङी सेनाहरुको प्रमुख रोजाइमा रहेका तत्कालिन रजवार महेश्वर सिंह भने हालको दरवार क्षेत्र रहेको तलपट्टि ओढारमुनि लुकेर बसेको अवस्थामा भेटिएका थिए। बझाङी राजाका सेनाहरुले उनलाई तरवार हानेर मार्नखोज्दा त्यसको प्रतिरोध गर्दै सेनाहरुको हातबाट हतियार खोसेर आफ्नो घाँटि आफैले रेटेर मरेका थिए भनिन्छ। उक्त बिद्रोहमा बाँच्न सफस दाजुभाइहरु मोहजाल सिंह भागेर तल्कोटस्थित किउँडाला मष्टाको थानमा लुकेका थिए भने सुजानसिंहलाई हातखुट्टा बाँधेर भोपुर दरवारमा लगिएको थियो। केहि समय पश्चात बझाङी राजाले दुबैदाजुभाईहरुलाई ढंडार मष्टाको थानमा लगेर धितधर्म बाँध्ने निहु पारी बाटोमासंगै मार्ने योजना बनाएका थिए। तर त्यो सम्भव हुनसकेन। दुबै दाजुभाइ अलग(अलग गरी ढंडारमष्टाको थानमा पुगे र मष्टाको छलले गर्दा रातिनै त्यहाँबाट संगै भागेर जंगलको बाटो हुँदै बाजुरातिर लागे। यसरी झण्डै सात बर्षसम्म तल्कोटको रजबारी रजवार बिहिन भएको कुरा जानकारीमा छ (तलकोट गाउँपालिका, २०७५।)त्यसपछि भने पुनः उनीहरु तल्कोट फर्केर बझाङी राजाको अनुमतिमा यहाँको रजवारीमा सामेल भएको बुझिन्छ।
त्यो बिद्रोहका सम्बन्धमा यहाँका स्थानीय जानकारहरुले आ-आफ्नै किसिमका मतहरु राख्दै आएका छन। केहिले तत्कालिन तल्कोटी रजवार महेश्वर सिंहले यहाँका प्रजाहरुलाई अनावश्यक दुख दिएकाकारण केहि स्थानीयहरुले बझाङी राजासमक्ष उजुरबाजुर गरेकाले उक्त बिद्रोह भएको हुनसक्ने बताउने गरेका छन। तर अधिकांश इतिहाँसका जानकारहरुले हालको मेलविसौंना निवासी सिंहहरु तथा कोटनिवासी सिंहहरुका पुर्खाहरु मध्य आधिकारिक रजवार को हुने भन्ने मामला नै त्यो बिद्रोहको मुल कारण हुनसक्ने कुरा बताउँदै आएका छन। आखिर जे भएपनि तल्कोटको रजबारीकालमा भएको यस बिद्रोहलाई ऐतिहाँसिक मानिन्छ। इतिहाँसका जानकारहरु तथा यस क्षेत्रका आम जनमानसले इतिहाँसको कालखण्डमा घटेको तर गुमनाम सरह रहेको यस बिद्रोहका बारेमा थप अध्ययनरअनुसन्धान गरेर यथार्थकुरा बाहिर ल्याउन आवश्यक देखिन्छ। फलस्वरुप, अतितको गर्भमा घटेको त्यो घट्ना वर्तमान हुँदै भावि पुस्ताहरुकालागि समेत स्मरणीय र पठनीय बन्न सक्नेछ, आशा गरौं।
तल्कोट क्षेत्रको रजवारी त्यो बिद्रोह पश्चात पनि अनवरत रह्यो। दशौं रजवार मोहजाल सिंह देखि दौलत सिंह, दिपसंह, दलबहादुर सिंह, जगतबहादुर सिंह, जंगबहादुर सिंह हुँदै १६औं रजवार पृथ्वीबहादुर सिंह सम्मै सक्रीयतवरले यहाँको रजवारीप्रथा कायम रहेको थियो। तर, २०४६ सालको जनआन्दोलन पश्चात बिसर्जनमा परिणत भएको पञ्चायतकालिन शासन र प्रार्दुभाव भएको प्रजातान्त्रिक संस्कारसंगै यो रजवारी प्रथा समेत अन्त्य भएको थियो। हाल यो दरवारलाई व्यक्तिगत रुपमा प्रयोग गरिदै आएको छ।
शताब्दियौं अगाडिदेखि प्रचलनमा आएको यो दरवारका बारेमा राज्यले अझैंसम्म पनि चाँसो र चिन्ता केहि अभिव्यक्त गरेको देखिदैन। यससंग सम्बन्धित सरसामाग्रीहरु के(कति थिएरु हाल के(कस्तो अवस्थामा छनरु यससंग अन्य इतिहाँसिक घट्नाक्रमहरु केहि थिए वा थिएनन्रु यसै दरवारका मातहतमा यहाँ नवमीमेला, ठूलोराँगोको बलिदिने काम, टिकाको बेलुकाको मेला, पूर्णीमा मेला, आदि लगायतका मेलाहरु होजोआजसम्म पनि मनाइन्छन। त्यसैगरी गौरापर्वसमेत यसै दरवारको आँगनिमा खेलाइन्छ। यसरी यसक्षेत्रकै एकमात्र संस्कारयुक्त दरवार तथा आस्थाको धरोहरका बारेमा अहिलेसम्म कयौं खोजिका प्रयासहरु भइसक्नुपर्ने हो, भएको देखिदैन। मेला, चाँडपर्व, आदिलाई व्यवस्थित गरेर मनाउँदै तिनलाई विगतको परम्परासंग जोड्ने प्रयास गर्नैपर्ने हो, त्यो पनि गरेको देखिदैन। यी र यस्तै गर्नुपर्ने तर सुरुवात नै नभएका कतिपय कामहरुको थालनि राज्यले यथासिघ्र सुरु गर्नुपर्दछ। आशा गरौं, निकट भविस्यमा देखिने गरी कामहरु अगाडि बढ्ने छन।

यस लेखका लेखक एल बि बोहरा जयपृथ्वी बहुमुखी क्याम्पसका उप -प्राध्यापक हुन् । हामीले यस लेखको ‘नाम तल्कोट दरवारको विकासक्रम र बिद्रोह राकेका छौं । बोहरा दुर्गम हिमाली जिल्ला बझाङमा बिगत १७ बर्ष देखि प्राध्यापन गदै आएका छन् । तलकोट दरवारको इतिहास र विकासक्रम र बिद्रोह यस लेखमा समेटिएको छ । तलकोट दरवारको बारेमा यो लेख निकै प्रभावकारी हुनेछ ।
हामी उनका थप लेखहरुलाई धारावाहिक रुपमा प्रस्तुत गदै जानेछौं । -सम्पादक