बालबालिकाको अर्थपुर्ण सहभागिताको लागि सरोकारवाला संग अन्तक्रिया

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ :  बझाङको जयपृथ्वी गरपालिका–५  मा प्रगतिशिल युवा समाज र वल्र्डभिजनको साझेदारीमा संचालित बाल संरक्षण परियोजनाको सहयोग र जयपृथ्वी नगरपालिका–५ को समन्वयमा बालबालिकाको अर्थपुर्ण सहभागिताको लागि वडास्तरिय अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सरोकारवाला संघ–संस्था, पत्रकार, नागरिक, बालबालिका लगायत सम्बन्धित क्षेत्रका प्रतिनिधिको उस्थितिमा उक्त छलफल मंगलबार सम्पन्न भएको हो ।

छलफल कार्यक्रममा वडामा भइरहेका कार्ययोजना, बालबालिकाको अर्थपुर्ण सहभागिता र बालबालिका सम्बन्धी योजनाहरुको विषयमा छलफल भएको थियो ।

छलफल कार्यक्रममा जयपृथ्वी नगरपालिका–५ का कार्यबाहक वडाअध्यक्ष प्रकाश विष्टले वडामा निश्चित बजेट आउने भएकाले बालबालिकाको क्षेत्रमा न्युन मात्रामा मात्रै बजेट विनियोजन  गरिएको बताए ।

उनले भने, ‘बजेट सिलिप कम हुन्छ । अन्य विकास निर्माणमा बजेट पुग्दैन, बजेट अभावले सोचे जति बालबालिकाको क्षेत्रमा बजेट छुट्याउन सकिएको छैन् ।’

बालबालिकाको अर्थपुर्ण सहभागिता भने पनि वडाका योजना तर्जुमा जस्ता कार्यक्रममा मात्रै नभएर अन्य कार्यक्रममा पनि बाल सहभागिता न्युन हुने गरेको वडा सचिव विरेन्द्र शाहीले बताए ।

उनले भने, ‘बाल सहभागिता निकै कम छ । बालबालिकाले पनि आफ्ना मागहरु ल्याएर कहिलै वडा कार्यालयमा आउनुभएको छैन् ।’

बालबालिकाले आफ्ना मागहरु सहित वडामा आए माग अनुसार बजेट विनियोजन गर्ने वडाअध्यक्ष विष्टले बताए । आगामी दिनहरुमा ५ नम्बर वडामा बन्ने सरकारी संरचनाहरु बालमैत्री बनाउन सुझाव समेत दिने उनले बताए ।

बालबालिकाको अर्थपुर्ण सहभागिताका लागि र संरक्षणका लागि सबै लाग्नु पर्ने सहभागिहरुले सुझाव राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *