रिदम सिंह, बझाङ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्र्तगतका सामुदायिक तथा आंगिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । केही विद्यालयहरुमा भने विभिध कारणवस् निर्वाचन स्थगित भएको छ । बझाङ जिल्लामा रहेका त्रिविका ७ वटा क्याम्पस मध्ये ५ वटामा आज निर्वाचन भएको हो । बिहान ८ बजेदेखि मतदान शुरु भई साँझ ४ वजे मतदान सम्पन्न भएको थियो ।
मतदान भएका क्याम्पसहरुको मतपरिणाम पनि सार्वजनिक भएको छ । जयसमा सेति क्याम्पस बगडगाउँमा अखिलको संयुक्त प्यानल नै विजयी भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका लक्ष्मण गिरी १२६ मतसहित विजयी हुँदा नेविसंघ की अस्मिता सिंहले ५४ मत प्राप्त गरेकी थिइन् । त्यसैगरी सचिवमा अनेरास्ववियूू एस की जेनी भण्डारी विजयी भएकी छन् । उनले १२३ मत पाउँदा अनेरास्ववियू क्रान्तिकारीका राजेश दौल्यालले ४१ मत पाएका थिए । त्यसैगरी कोषाध्यक्षमा पनि अनेरास्ववियुुका कल्पना जोशी विजयी भएकी छन् । उनले १२४ मत पाउँदा नेविसंघ की कविता कठायतले ५४ मत पाइन् ।
खप्तडछान्ना गाउँपालिकाका वडा नं. ५ मा रहेका खापरदेव क्याम्पस कालुखेतीमा नेविसंघको प्यानल नै विजयी भएको छ। सभापतिमा नेविसंघ की सर्मिला कुुमारी खत्रीले ३७ मतसहित विजयी हात पार्दा अनेरास्ववियुका राजेश कार्की २५ मत ल्याएर पराजित हुनुुभएको छ । त्यसैगरी सचिवमा अनेरास्ववियू क्रान्तिकारीकी गिता रोकाया ३८ मतसहित विजयी हुँदा अनेरास्ववियू एस की शान्ती सिंह २० मत ल्याएर पराजित भएकी छन् । त्यसैगरी कोषाध्यक्षमा नेविसंघ की सर्मिला कुमारी जोशी ३० मतसहित विजयी भएकी छन् भने अनेरास्ववियुुकी पञ्चा कुमारी रोकाया २९ मत ल्याएर पराजित भइन् ।
उता थलारा क्याम्पसमा भने मिश्रित परिणाम आएको छ। थलारा क्याम्पसमा अनेरास्ववियुुका महेश जेठारा ७० मतसहित विजयी हुँदा अर्का उम्मेदवार वीरेन्द्र साउँद ६६ मत ल्याएर पराजित भएका छन् । सचिवमा नेविसंघका दिपेश सर्माले ८८ मत ल्याएर विजयी भएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुुकी सविना गिरी विजयी भएकी छन् ।
त्यसैगरी झोतामा रहेको बझाङदीप क्यापसको सभापतिमा अनेरास्ववियू क्रान्तिकारी विप्तलपका कमल थापा, सचिवमा अनेरास्ववियुुका रामचन्द्र धामी, कोषाध्याक्षमा अनेरास्ववियू एस की भागरथी विष्ट विजयी भएका छन् । त्यसैगरी अन्य सदस्यहरुमा अनेरास्ववियुुकै हंशराज रोकाया, धनबहादुर धामी, उमेश साउँद, विपिन रोकाया, तिलिस्मा चन्द र अन्जु डकर्मी विजयी भएका छन् ।उता बित्थडचिर गाउपालिकाको वडा नम्बर ९मा रहेको सुनकुडा क्याम्पसमा भएको स्वबियु निर्बाचनको नतिजा पा्रप्त हुन सकेको छैन ।
जिल्लाको वुंगल नगरपालिकामा रहेको त्रिवेणी क्याम्पसमा यस अघी नै अन्य संगठनको उम्मेदवारी नपरेपछी नेविसंघ र अनेरास्ववियू क्रान्तिकारीका उम्मेदवारहरु निर्वाचित भइसकेका थिए, भने छविस पाथिभेरा गाउँपालिकाको चौघानपाटामा रहेको शान्ती आदर्श क्याम्पसमा भने विविध कारणले निर्वाचन स्थगित भएको थियो । सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी वहुुमुखी क्याम्पस भोपुरमा भने यही ८ गते स्ववियुु निर्वाचन हुँदैछ ।