एकीकृत पाठ्यक्रम सम्वन्धी पाँचदिने क्षमता विकास तालिम सम्पन्न

बझाङ समाचार

रिदम सिंह, बझाङ । एकीकृत पाठ्यक्रम सम्वन्धी आधारभुत तहका (कक्षा १–३) शिक्षकका लागी पाँच दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ । फागुन ३० देखी चैत्र ०४ सम्म संञ्चालन भएको उक्त तालिमको आज एक कार्यक्रमका वीच समापन गरिएको छ । प्रगतिशिल युवा समाजको आयोजना तथा वल्र्डभिजन इन्टरनेशन नेपालको आर्थिक सहयोगमा जयपृथ्वी नगरपालिकाका १५ वटा विद्यालयका शिक्षकहरुका लागी एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम दिने उदेश्यले उक्त तालिमको आयोजना गरिएको थियो ।

जयपृथ्वी नगरपालिका भित्रका १५ वटा विद्यालयका २३ जना शिक्षकहरुलाई एकीकृत पाठ्यक्रममा आधारित रहेर अध्यापन गराउने, बालबालिकाको पढाईप्रति लगाव बढाउने, उनीहरुमा पढ्ने बानीको विकास गर्ने, ग्रेटसिट निर्माण गर्ने लगाएतका विभिन्न विषयहरुमा सक्षम बनाउनका लागी तालिमको आयोजना गरिएको र तालिम अवधिभर प्रशिक्षक रामचन्द्र जोशी र मनोज सिंह भण्डारीले प्रशिक्षण दिनुभएको प्रगतिशिल युवा समाजका फिल्ड अधिकृत शिवराज रोकायाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै निलकट्टी मावि दैकुमलाका शिक्षक राजेन्द प्रसाद उपाध्यायले परियोजना विद्यालयमा लागु भइसकेपछाडी विद्यालयको शैक्षिक सुधारका लागी सामाग्री उपलब्ध भएको, त्यसले विद्यार्थीहरुको सिकाई र शिक्षकहरुको शिक्षण विधीमा सघाउ पुगेको बताउनु भयो । साथै संस्थाले विद्यालयको भवन निर्माण, वसाई ब्यबस्थापन, तालिम लगायतका क्षेत्रमा काम गरेको बताउनुभयो । आगामी दिनमा तालिममा सिकेका कुराहरुलाई अझै प्रभावकारी ढंगबाट विद्यालयमा लागु गर्नका लागी आफुहरु प्रतिबद्ध रहेको उहाँले बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै प्रशिक्षक मनोजसिंह भण्डारीले एकीकृत पाठ्यक्रमलाई विद्यालयमा लागु गर्नका लागी सबै शिक्षकहरूले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । परिवर्तन गर्नु पर्ने कुराहरु थुप्रै भएपनि तत्काल सबैभन्दा पहिला सुधार गर्नु पर्ने कुराहरू पत्ता लगाएर ति विषयहरुको सुधार गर्नसकेको खण्डमा त्यसले विद्यार्थीहरुको सिकाईमा धेरै परिवर्तन ल्याउने बताउनुभयो । तत्कालका लागी वालवालिकाको क्षमता विकास र वानी बसाल्नु रहेको उहाँको भनाई रहेको थियो ।

त्यसैगरी प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले संस्था लिएको उदेश्य अनुरुप र शिक्षामा गुणस्तरीयता ल्याउनका लागी आफुहरुले विभिन्न कामहरु गर्दै आएका कारण ती विषयहरु प्रभावकारी हुनुपर्ने बताउनुभयो । तालिम सिकेका कुराहरूलाई व्यवहारिक रूपमा कार्यान्वयनमा आउनेमा आफु विश्वस्त रहेको बताउँदै जोशीले उदेश्य प्राप्तीका लागी काम गरेको क्षेत्रमा अपेक्षित प्रतिफल नआएको खण्डमा काम गरिरहनु पर्ने आवश्यकता नभएको समेत बताउनुभयो ।

पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किदै गइरहेका कारण आगामी दिनहरुमा सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर वृद्धीका लागी आफुले निरन्तर काम गर्ने समेत जोशीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी रहनु भएका शिक्षा विकास तथा समन्वय इकाई वझाङ प्राविधिक सहायक जनक रोकायाले भौतिक क्षेत्र, शैक्षिक सामाग्री र शिक्षकहरूको क्षमता विकासका वल्र्डभिजन र प्रगतिशिलले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । संस्थाको उदेश्य र शिक्षाको क्षेत्रमा अपरिहार्य विषय वस्तुमा सहयोग गर्न शिक्षकहरुलाई उहाँले आग्रह समेत गर्नुभएको छ ।

प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले तालिम केवल तालिम मात्रै नभएर सीप हस्तान्तरण, प्रयोगात्मक क्रियाकलापले सिकाईलाई थप प्रभावकारी बनाउने भएका कारण सिकेका कुराहरुको ८० प्रतिशत मात्रै व्यवहारिक रुपमा विद्यार्थीलाई सिकाउन सकेको खण्डमा ठुलो प्रतिफल हात लाग्ने बताउनुभयो । सामाजिक रूपले हाम्रो अविकसित देशमा थुप्रै समस्या रहेको भएपनि ती समस्याको समाधान पनि हामीसँगै भइएका कारण समस्याबाट भाग्नु भन्दा त्यसको समाधानलाई पहिल्याउनु उत्तम उपाय भएको केसीले बताउनुभयो । पुरानो अन्तरविषय वस्तुभन्दा विषयगत एकीकृत पाठ्क्रमका बारेमा दिइएको तालिमले शिक्षामा परिवर्तन ल्याउनेमा आफु विश्वस्त रहेको समेत उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *