स्वास्थ्य संस्थालाई खोप अभियान व्यबस्थापन सामग्री हस्तान्तर

रिदम सिंह, पुष २८ बझाङ ।

वल्र्ड भिजन इन्टरनेश्नल नेपाल र प्रगतिशिल युवा समाज बझाङको साझेदारीमा संचालित कोभिड १९ प्रतिकार्य सबलिकरण परियोजना अन्र्तगत दुइवटा स्वास्थ्य संस्थाहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा तथा खोप अभियान व्यबस्थापन सामग्री हस्तान्तरण गरेको छ । केदारस्युँ गाँउपालिका वडा नं १ को रायल प्राथमिक स्वास्थ्य केन्द्र र वडा नं ३ को भाडीकोट सामुदायिक स्वास्थ्य  इकाइलाई सामग्री हस्तान्तरण गरिएको हो ।
दुबै स्वास्थ्य संस्थालाई २ हजार २ सय ५० थान मास्क, ५ सेनिटाइजर, १००० तान ग्लोप्स, ४० तान फेस सील्ड, ४० पीपीइ सेट, १४ साबुन, २ पानी छान्ने फिल्टर दिइएको हो । यस्तै १ वटा टेबल, १५ वटा कुर्सी लगाएतका १ लाख ७२ हजार ९ सय ९८ रुपैया बराबरको साम्रर्गी बितरण हस्तान्तरण गरिएको हो ।