बझाङ– स्थानिय तहमा बैकं स्थापना भएको पाँच महिना भैसक्दा पनि पालिकामा रहेको बैकमा खाता नखोलेको भन्दै जिल्लाको विकट साइपाल गाउँपालिकामा ज्ञापन पत्र पेश गरिएको छ । साइपाल गाउँपालिकाका पुर्व अध्यक्ष राजेन्द्र धामी लगायत स्थानियले गाउँ पालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत राधाकृण्ण जोशीलाई खाता खोल्न ज्ञापन पत्र बुझाएका हुन ।
स्थानिय तहमा रहेको बैकंमा खाता नखोलेका कारण उपभोक्ताहरुले दुख पाएको र अनावश्यक खर्चभार व्यहोर्नु परेको ज्ञापन पत्रमा उल्लेख छ । देशभर रहेका ७५३ पालिका मध्ये सबै भन्दा ढिलो गरी गत असोजमा साइपालमा एभरेष्ट बैकंको शाखा स्थापना भएको थियो । ‘बैकं नभएका कारण लामो समय दुख पायौं । पालिकामै बैकं भैसके पछि पनि बैकिंक कारोवार गर्न चैनपुर जानु पर्ने अवस्था भयो पुर्व पालिका अध्यक्ष राजेन्द्र धामीले भने, ‘स्थानिय बैकंमा पालिकाको खाता नभएका कारण उपभोक्ताहरुले समस्या भोग्नु परेकाले छिटो खाता खोल्न दबाव दिन ज्ञापन पत्र पेश गरेका हौ उनले साइपालबाट सदरमुकाम आउजाउ गर्न चार पाँच दिन पैदल यात्रा गर्दा स्थानियले सास्ती व्यहोर्नुका साथै अनावश्यक आर्थिक खर्चभार थपिने गरेको बताए ।
साइपाल गाउँपालिकामा रहेको एभरेष्ट बैकंका शाखा प्रबन्धक रामकृण्ण थापाले पनि बैकं र गाउँपालिका विच खाता संचालन गर्ने सहमती भैसकेको तर पालिकाले खाता खोल्न ढिलाई गरिरहेको बताए । ‘सहमती अनुसार माघको पहिलो हप्ता खाता खोलिसक्ने कुरा थियो । अहिले सम्म खोल्नु भएको छैन । हामीले सम्पर्क गर्दा प्रक्रिया मै छौ । छिट्टै खोल्छौ भन्नु भएको छ उनले भने । पालिका र बैक विच भएको सहमती अनुसार केही उपभोक्ता समितिहरुले भने साइपाल मै रहेको बैंकमा खाता खोल्न थालेको उनले जानकारी दिए ।
यता साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहराले इन्टरनेटको व्यवस्था नभएको, सामाजिक सुरक्षा भक्ता वितरण सम्बन्धी प्रष्टता नभएका कारण खाता खोल्न ढिलाइ भएको बताए । ‘हामीले अहिले इन्टरनेटको व्यवस्था पनि गरिसकेका छौ । वडा कार्यालय, पालिका, विद्यालय, स्वास्थ्य चौकीहरुमा इन्टरनेट जडान सम्पन्न हुँदैछ उनले भने, ‘बैकं भन्दा ढाटा रहेका बस्तीमा सामाजिक सुरक्षा भक्ता घरमै गएर वितरण गर्ने सहमती पनि भर्खरै मात्रै बैकं सँग भएको छ । केही दिन भित्रै पालिकाले पनि बैकंमा खाता खोल्ने तयारी गरिरहेको छ उनले पालिकाले खाता खोल्ने तयारी गरिरहेको थाहा पाए पछि केही व्यक्तीले जस लिनका लागि ज्ञापन पत्र बुझाएको बताए । ‘सात बर्ष सम्म बैकं विहिन भएको पालिकामा ठुलो संर्घष गरि बैकं स्थापना गराएका छौ । हामीले खाता नखोल्ने भन्ने कुरै हुँदैन उनले भने ।
फोटो क्याप्सन ः साइपाल गाउँपालिकाको चैनपुर स्थित कार्यालयमा प्रमुख प्रशाशकिय अधिकृतलाई ज्ञापन पत्र बुझाउदै पुर्व गाउँपालिका अध्यक्ष राजेन्द्र धामी । तस्विर ः वसन्तप्रताप सिंह ।
