सदरमुकाम चैनपुरका ब्यापारीहरुको मोनमानीः मुल्यसुची दोब्बरले बृद्धी

साइपालखवर
बझाङः जिल्ला जोड्ने मुख्य राजमार्ग नै अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरका ब्यापारीहरुको मोनमानी वडेको छ । जिल्लामा खाद्य वस्तुहरुमा अत्याधिक मात्रामा मुल्यवृद्धी गरी ग्राहकहरुलाई ठग्ने गरेको स्थानियले बताएका छन् । जिल्ला सदरमुकाम चैनपुर आउनेवाटो बन्द भएको र आफुहरुले विचवाटोमा लेवरहरुलाई पैसा दिएर सामान चैनपुर ल्याउनु परेको भन्दै व्यापारीहरुले मुल्यभन्दा दोव्दर मुल्यमा सामान वेच्ने गरेको बताइएको छ ।
जिल्ला सदरमुकाम चैनपुरमा मोटो चामल यसअघी २२ सयमा विक्री हुने गरेको भएपनि अहिले प्राःय पसलमा चामल नै पाउन छोडेको र पाइएको पसलमा समेत मुल्यबृद्धी गरेको स्थानिय रोषन खड्काले बताउनु भयो । ब्यापरीहरुले ५० किलोको एकबोरा चामलको मुल्य बढाएर २६ सयसम्म पुर्याएको उहाँले बताउनु भयो । यस्तै दैनिक उपभोग्यवस्तुहरु तेल, चिनी, पिठो लगाएतका सामानमा समेत मल्य बढाएको गुनासो बढ्न थालेको छ । जिल्लाका अधिकांस पसलहरुमा एक किलो चिनीको १४० देखी १६० रुपैयासम्म पुर्याएको चैनपुरमा होटल ब्यबसाय गर्दै आएका गणेश जोशीले बताउनु भयो ।
असोज ३१ गतेदेखी कात्तिक ३ गतेसम्म लगातार परेको अविरल वर्षाल जिल्लालाई अन्य जिल्लासँग जोड्ने मुख्य सडक जयपृथ्वी राजमार्ग दुइ ठाँउमा पूर्ण रुपमा अवरुद्ध भएको थियो । सडक बन्द भएपछी अहिले चैनपुरका ब्यापारीहरुले मनलाग्दी रुपममा ुमल्यमा बृछी गरेका हु्न् । सदरमुकाम चैनपुरमा खाना पकाउने एलपि ग्यास र इन्धनको कृर्तिम अभाव देखाएर सेवाग्राही ठग्ने काम गरिरहेको गुनासो स्थानियले गरेका छन् ।
तर यता जिल्ला प्रशासन कार्यालय बझाङले भने, जिल्लामा आफुहरुको टोलीले नियमित जसो अनुगमन गरिरहेको बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमका अनुसार चैनपुर बजा क्षेत्रका गुनासो आएजस्तो मुल्य वृद्धी नभएको बताउनु भएको छ । उहाँले आफुहरुले जिल्लाका ग्यास र इन्धन पाइने पसलमा अनुगमन गरेको र कुनै पनि पसलमा लुकाएको नभेटाएको बताउनु भयो । जिल्लामा आउने एलपि ग्यासको कुल परिमाणको २५ प्रतिशत सिलिन्डर मात्र सदरमुकाम चैनपुर आउने र उक्त मात्राको सिलिन्डर एक हप्ता मात्र टिक्न भएकाले ग्यासको अभाव भएको तर ब्यापारी बद्मासी नगरेको बताउनु भयो ।
१७ दिन देखी अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग अझै पनि संञ्चालनमा आउन सकेको छैन् केदारस्यू गाँउपालिकाको नारुगौडा र छविसपाथिभेरा गाँउपालिकाको जाल्याबगरमा सडक पूर्णरुपमा नै अवरुद्ध बनेको छ । अहिले नारुगौढामा नेपाली सेनाले बलास्ट गरी सडक निर्माण गर्ने काम गरिरहेको र जाल्यावगरमा अवको केही दिनमा काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनु भयो ।