जाल्यावगरमा आजबाट सडक मर्मतको काम थालियो

रिदम सिंह
बझाङ । असोज ३१ गतेदेखी तीन दिनसम्म लगातार परेको अविरल वर्षाका कारण जिल्लामा ठुलो जनधनको क्षती भएको छ । बझाङका १२ वटा स्थानिय तहहरुमा नै ठुलो क्षती भएको भएपनि सवैभन्दा धेरै मानविय क्षती थलारा गाँउपालिकामा र सवैभन्द धेरै खप्तडछान्ना गाँउपालिकामा भएको छ । अविरल वर्षाका कारण जिल्लाभरी नै १२ जनाको मृत्यु भएको छ भने अन्य १९ जना अझै हराइ रहेका छन् । हराइ रहेका १९ जनालाई पनि मृत घोषणा गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले उनीहरुहको खोजी कार्य बन्द गरेको छ ।
यसैवीच सेतीनदीले गाँउ नै जोखिममा पारेपछी आमबगरका स्थानियले नदीमा तटवन्धन गरिदिन आग्रह गरेपछी आज जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय वैठक बसेको छ । सरोकारवालाहरुको उपस्थितीमा आमवगर उचच जोखिममा परेका कारण नदीमा तटबन्धन गर्ने बारेमा छलफल भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनु भयो ।
आउदो रवर्खाभित्र नै आमवगर बस्तीमा तटबन्धन गरिसक्नु पर्ने भएकाले सोही अनुसार स्थानिय तह, प्रदेश तथा संघिय सरकारलाई आ आफ्नो क्षेत्रबाट पहल थाल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो । विभिन्न राजनितीक दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधी र विषयगत कार्यालयका प्रमुखहरुलाई जतिसक्दो छिटो तटबन्धनलाई सुरु गर्न पनि निर्देशन भएको उहाँले बताउनु भयो ।
साथै तीन हप्तादेखी अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेको छैन् । केदारस्यु गाँउपालका वडा नं. १ को नारुगौडा र छविस पाथिभेरा गाँउपालिका वडा नं. १ को जाल्यावगरमा नदीले सडकमा ठुलो क्षृती गरेपछी जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । अहिले नारुगौढामा नदी किनारबाट वाटो खोलेर यातायात संञचालन भएको र सडक कटानको काम भइरहेको प्रजिअ अधिकारीले जानकारी दिनु भयो । यता छविसपाथिभेरा गाँउपालिका वडा न. १ को जाल्यावगरमा पनि आजवाट काम सुरु भएको छ । तत्कालका लागी नदी किनारबाट बाटो खोलेर यातायातका साधन संञ्चालन गर्नका लागी काम सुरुभएको उहाले बताउनु भयो ।
जाल्यागरमा प्रत्येक वर्ष बाट अवरुद्ध हुने भएका कारण यसको मारमा जिल्लावासी पर्ने गरेका छन् । जयपृथ्वी राजमार्गको जाल्यावगरमा पुल निर्माण गर्नु पर्ने वा भिरलाई काटेर सडक संञ्चालन गर्नुपर्ने जिल्लाबासीले माग गरेका छन् । जिल्लाको मुल्य सडकमार्ग नै अवरुद्ध भएको महिनादिन पुग्नै लाग्दासम्म पनि स्थानिय तहदेखी प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरु कानमा तेल हालेर बसेको स्थानियले आरोप लगाउदै आएका छन् ।