भुवन बहादुर सिंह
बझाङ : गुणस्तरिय शिक्षा अभिवृद्र्धिका लागि विध्यालयका सरोकारवालाहरूको विचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
थलारा गाउँपालिका–९ को आर्थिक सहयोग, थलारा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा, युएमएनको समन्वय र प्रगतिशिल युवा समाजको आयोजनामा गुणस्तरिय शिक्षा अभिवृद्धिका लागि विध्यालयका सरोकारवालाहरूको विचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सोमबार थलारा गाउँपालिका–९ चक्रेश्वर माध्यामिक विध्यालयमा सुरु भएको उक्त कार्यक्रममा थलारा गाउँपालिका–९ भित्रका विध्यालयका शिक्षक, अभिभावक र विध्यार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा असार १० गते थलारा गाउँपालिका–९ भित्रका विध्यालयहरुमा शैक्षिक गुणस्तर मापन गर्नका लागि वडा भित्रका ३,५र ८ कक्षाको प्रश्न पत्र एउटै तयार पारेर परिक्षा लिइएको थियो । सोको नतिजा समेत विध्यालय अनुसार आज सार्वजनिक गरिएको छ ।
शिक्षाको गुणस्तर माथी उकास्न विध्यालय व्यवस्थापन समिती चयन गर्दा राजनितिक भागबण्डा गर्ने प्रचलन अन्त्य हुनुपर्ने थलारा गाउँपालिका–९ का निवर्तमान वडाअध्यक्ष मोहनराज जोशीले बताए ।
कार्यक्रममा विध्यालयमा नियमित अनुगमन नहुँदा पनि शैक्षिक स्तर खस्किएको शिक्षकहरुले गुनासो गरेपछी गाउँपालिका शिक्षा सह–संयोजक राइभान ओलीले विध्यालयमा नियमित अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले गाउँपालिकाका विध्यालयहरुमा गुणस्तरिय शिक्षा अभिवृद्धि गर्नका लागि आर्थिक बर्ष सुरुहुनु अगाबै गाउँपालिका र विध्यालयले गर्नुपर्ने कामका बारेमा पहिलो चरणको छलफल भैसकेको बताए ।
साथै अध्यक्ष रोकायाले गुणस्तरिय शिक्षा अभिवृद्धिका लागि गाउँपालिकाले नियमित विध्यालय अनुगमनका लागि कार्यदल गठन गर्ने समेत बताएका छन् ।
कार्यक्रममा बोल्दै थलारा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिद्वराज जोशीले बर्खे विदाको समयमा पालिकाका सबै विध्यालयहरुमा स्थानिय पाठ्यक्रम पुर्याउने लक्ष्य लिएको र गुणस्तरिय शिक्षा अभिवृद्धिका लागि गाउँपालिकाले विध्यालयको भौतिक संरचना देखि विभिन्न योजनाहरु निर्माण गरेको बताए ।
थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीले गुणस्तरिय शिक्षा अभिवृद्धिका लागि विध्यालयमा लगानी गर्न गाउँपालिका तयार रहेको बताए ।
उनले विध्यालयमा नराम्रो गर्ने शिक्षकलाई पनि प्रमाण सहित ल्याए कारबार्ही समेत गर्ने बताए ।
वडाका विध्यालयमा गुणस्तरिय शिक्षा अभिवृद्धि गर्नका लागि सबैले आ–आफ्नो कमिकम्जोरी औल्याएर अगाडी बढ्नुपर्ने जिल्ला शिक्षा समन्वय इकाई प्रमुख सुरेन्द्र कठायतले बताए ।
थलारा गाउँपालिका–९ का वडाअध्यक्ष लोकेन्द्र बहादुर विष्टले विध्यार्थी संङ्ख्या कम भएका विध्यालयहरु मर्च गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘एउटै टोलमा २ वटा विध्यालय छन् । विध्यार्थी संङ्ख्या कम छ । त्यस्ता विध्यालयलाई एउटैमा गाभ्न आवश्यक छ ।’
कार्यक्रममा शैक्षिक गुणस्तर मापनका लागि असार १० गते लिएको परिक्षामा उतिर्ण भएका विध्यार्थीहरुलाई झोला लगाएतका शैक्षिक सामाग्रीहरु पुरस्कार स्वरुप दिइएको प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए।
कार्यक्रममा कम्जोर नतिजा भएका विध्यालयलाई नतिजा कम्जोर आउनुको कारण समेत सोधिएको थियो ।
जोशीले शिक्षाको गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिले विशेष पहल गर्नुपर्ने बताउँदै आवश्यकता अनुसार संस्थाले नीतिगत सवालमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।