सम्पति विवरण नबुझाउने जयपृथ्वी नगरपालिकाका ४९ जनालाई कारवाही (नाम सहित)

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ : सार्वजनिक पदधारण गरेर गत आर्थिक बर्षमा सम्पत्ति विवरण नबुझाउने जयपृथ्वी नगरपालिकाका ४९ जना कारवाहीमा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे कार्यालय टंगाल काठमाडौंले नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, बाल विकास सहजकर्ता र कार्यालय सहयोगी गरी ४९ जनालाई ५ हजार जरिवाना सहित ३० दिन भित्र सम्पत्ति विवरण बुझाउन परिपत्र गरेको छ।

सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीहरुले हरेक बर्ष आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने हुन्छ। नगरपालिका भित्रका ५ जना जनप्रतिनिधि, ३९ जना शिक्षक, ३ जना सहयोगी कार्यकर्ता र २ जना कार्यालय सहयोगीले जरिवाना तिर्नुपर्ने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सर्तकता केन्द्रबाट सम्पत्ति विवरण अनुगमन प्रतिवेदन २०७७/७८ प्राप्त भई आयोगको बैठकमा पेश भएको र नगरपालिकाका ४९ जनाले आफ्नो सम्पत्ति विवरण नबुझाएको हुँदा सम्पत्ति विवरण नबुझाउने पदाधिकारी र कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिपत्र गरेकाे हाे।

आयाेगकाे ऐन २०४८ को दफा ३१ कको उप दफा २ बमोजिम जनही ५ हजार जरिवाना गरी तत्कालै सम्पत्ति विवरण पेश गर्न गराउन हुन, भनी जयपृथ्वी नगरपालिकालाई परिपत्र गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *