प्रगतिशिल युवा समाजले गर्यो दुइ पालिकालाई परियोजना हस्तान्तरण

बझाङ : बझाङ जिल्लामा संचालित गैर सरकारी संस्था प्रगतिशिल युवा समाज र युनाइटेड मिसन टु नेपाल (युएमएन) को साझेदारीमा संचालित परियोजना गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । विगत करिब ५ बर्ष देखि खप्तडछान्ना गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकामा संचालन गरिएको समुदायमा आधारित पुर्नस्थापना परियोजना (सिविआर) पालिकालाई हस्तान्तरण गरिएको हो ।

अपाङ्गता लगाएतका क्षेत्रमा काम गर्दै आएको उक्त परियोजनाले जिविकोपार्जन, शिक्षा, स्वास्थ्य, शसक्तिकरण लगाएतका क्षेत्रमा काम गर्दै आएको थियो । पालिकामा उक्त परियोजना लागु भएपछी छविसपाथिभेरा र खप्तडछान्ना गाउँपालिकाका १५ बर्ष मुनिका बालबालिकाको उपचार,आयआर्जन, विध्यालयहरुमा अपाङ्गतामैन्त्री धारा, शौचालय स्वास्थ्य लगाएत पोषणमा सहयोग गर्दै आएको र कोभिडको बेलामा समेत स्वास्थ्य सामाग्री लगाएत शिक्षक, र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृर्दि गर्दै आएको प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।

मंगलबार पालिकालाई परियोजना हस्तान्तरण कार्यक्रममा बोल्दै अब स्थानिय सरकारले परियोजनाले गरेका कामलाई निरन्तरता दिदै कामहरु अगाडी बढाउनुपर्ने र भरखरै मात्र स्थानिय सरकारले निति तथा कार्यक्रम ल्याएकाले परियोजनाले संचालन गरेका कामलाई समेत प्राथमिकतामा राख्नु पर्ने जोशीले बताए ।

विगत ४, ५ बर्षको समयमा प्रगतिशिल युवा समाजले स्थानिय सरकार संग सहकार्य समन्वय गर्दै अपाङ्गताका क्षेत्रमा मात्र नभई शिक्षा, स्वास्थ्य र भौतिक निर्माणका कामहरुलाई इमान्दारिता र पार्दशिताको रुपमा काम गर्दै आएकाले अहिले परियोजना बहिरगमन भए पनि स्थानियसरकारले समेत बजेट छुट्याई परियोजनाले गरेका कामलाई थप अगाडी बढाउनुपर्ने खप्तडछान्ना गाउँपालिकाका निवर्तमान अध्यक्ष वर्क बहादुर रोकायाले बताए ।

उक्त कार्यक्रममा बोल्दै युएमएन क्लस्टरका टिमलिडर ज्योती चपाईले स्थानियतह संग सहकार्य गरेर राम्रो काम गर्न पाउँदा आफ्नो टिम पनि खुसी भएको र अझै बझाङ जिल्लाको सामाजिक, विकासका लागि विभिन्न स्थानियतहहरुमा काम गर्दै आएको समेत बताए । त्यसै गरी कार्यक्रममा गाउँपालिका अध्यक्ष उतम रोकाया, उपाध्यक्ष, विष्णु कुमार थापा,प्रमुख प्रशासकिय अधिकृत दिपक रावल लगाएतले प्रगतिशिल युवा समाजले विभिन्न क्षेत्रमा काम गरेको र आगामी दिनमा पनि स्थानिय सरकारले सोहि कामहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताउदै संस्थाले गरेको काम सर्हानिय भन्दै संस्थालाई धन्यवाद समेत दिएका छन् ।

उक्त परियोजनाले आफुले गरेका कामहरुको दस्तावेज निर्माण गरी खप्तडछान्ना गाउँपालिका अध्यक्ष र छविसपाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त चलाउनेलाई हस्तान्तरण गर्नुका साथै कदर पत्र समेत दिदै संस्थाका अध्यक्ष रमेश केसीले परियोजना केहि उदेश्य र लक्षका लागि लागु हुने भएता पनि स्थानिय सरकारलामो समय सम्म रहिरहने भएकाले समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिको उपचार, आयआर्जन लगाएतका क्षेत्रमा काम गर्नुपर्ने बझाङ जिल्ला अझै बाटोघाटो भन्दा पनि मानव सुचांङ्कको हिसावले पछाडी रहेकाले स्थानियसरकारले दिगो विकासका क्षेत्रमा समेत काम गर्नु पर्ने बताए ।

साथै अध्यक्ष केसीले स्थानिय सरकारले परियोजना लागु गर्नको लागि र कार्यक्रम संचालनका लागि गरेको गरेको समन्वय र सहयोगका लागि धन्यवाद समेत दिएका छन् । बर्षका लागि विगत १० बर्ष देखि प्रगतिशिल युवा समाजले बझाङ जिल्लामा शिक्षा, स्वास्थ्य, जिविकोपार्जन, विपद व्यवस्थापन लगाएतका क्षेत्रमा काम गर्दै आएको छ ।