१३ बर्ष पछि नेपाल वायु सेवा निगमको जहाज बझाङमा

पर्यटन बझाङ

मकरराज धामी

बझाङ ।  नेपाल वायु सेवा निगमले १३ बर्ष पछि फेरी धनगडी बझाङ सेवा सुरु गरेको छ । निगमले २०३५ सालदेखि हप्ताको दुई दिन नेपालगञ्ज–बझाङ, र बझाङ–धनगडि उडान सेवा सुरु गरेको थियो । तत्कालिन साही नेपाल वायु सेवा निगमले २०६५ सालमा जिल्ला सदरमुकाम चैनपुर सम्म यातायातका साधन पुग्न थालेपछि सेवा बन्द गरेको निगमले १३ बर्षपछि पुन सेवा सुरु गरेको हो । जहाज कम भएको र बझाङ सदरमुकाम चैनपुर सम्म सडक सञ्जाल जोडिएपछि उडान सेवा बन्द गरेको थियो । विमान सेवा बन्द भए पछि निगमले आफ्ना कर्मचारी लाई नेपालगञ्ज सरुवा थियो ।

नेपाल वायुसेवा निगमले आज धनगढीबाट सुदूरपश्चिमका दुई पहाडी जिल्लामा उडान भरेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । निगमले पहिलो उडान धनगढी–दीपायल र दोस्रो उडान धनगढी–बझाङ गरेको छ । बेमौसमी बर्षा संगै आएको बर्षाले निम्त्याएको विपदका कारण पहाडी जिल्लाका राजमार्गहरु पुर्णरुपमा अवरुद्ध छन । सडक अवरुद्ध भएपछि यातायात सेवा बन्द भएकाले सस्कृति, पर्यटन तथा नागरि उड्डन मन्त्री प्रेम आलेको ठाडो आदेशमा वायुसेवा निगमले धनगढीबाट डोटी र बझाङ उडान सुरु गर्न लागेको हो । निगमले धनगढी– दिपायल र धनगढी बझाङको भाडादर सार्वजनिक गरेको छ । धनगढी–बझाङको ३ हजार ९ सय ९५ र बझाङ–धनगढी ३ हजार ८ सय ९५ भाडादर कायम गरेको छ । अहिले समिट एयरलाईन्सले पहाडी जिल्लामा उडान भर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *