बझाङमा माेटरसाईकल दुर्घटना हुँदा एककाे मृत्यु एक जना घाईते

साइपालखबर

बझाङ । बझाङको छविसपाथीभेरा १ जाल्याबगर नजिकै मोटर साईकल दुर्घटना भएको छ । आईतबार साँझ बाग्मति प्रदेश ०२, ०१६ प ८९८१ नं को मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने मोटर साईकलमा सवार अर्का एक जना घाईते भएका छन ।

मृत्यु हुनेमा दुर्गाथली गाँउपालिका ७ का दिपेन्द्र दौल्याल रहेका छन सोही ठाँउका कृष्ण दौल्याल घाईते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाईते दौल्यालको टाउको, हात र खुट्टामा चोट लागेको छ । घाईतेको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।