बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्‍याफ्टिङ

अर्थ पर्यटन प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ : बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्‍याफ्टिङ गरिने भएको छ। सेती नदीको मनमोहक दृश्यावलोकन र समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोटदेखि पानकोटसम्म र्‍याफ्टिङ गरिने भएको हो।

चैत १२ गतेदेखि चैत २५ गतेसम्म सुनिकोटदेखि पानकोटसम्म सेती नदीमा र्‍याफ्टिङ गरिने र्‍याफ्टिङ कार्यक्रमका व्यवस्थापक किशोर खड्काले बताए। चैत १२ गतेदेखि सेती नदीमा सञ्चालन गरिने र्‍याफ्टिङ कार्यक्रमका लागि टिकट बुकिङ खुला गरिसकेको खड्काले बताए।

र्‍याफ्टिङ कार्यक्रमका व्यवस्थापक खड्काका अनुसार सेती नदीको संरक्षण र बझाङमा पर्यटनको विकासका आधार तय गर्न उक्त कार्य गर्न लागिएको हो। पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रूपमा रहेको बझाङ जिल्लाको पर्यटन प्रवर्धनका लागि सरोकारवाला सबैसँग सहकार्य गरिने उनको भनाइ छ।

खड्काले बझाङ धार्मिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्य रहेको बताए। यस क्षेत्रको प्रचार प्रसारका लागि यस्तै पर्यटकीय क्रियाकलाप गर्न जरुरी रहेको समेत उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *