साँस्कृतिक कार्यक्रम सहित सुदूरपश्चिम समाज जापानको अधिवेशन हुँदै

Breaking news प्रवास मुख्य खबर

टोकियो– सुदुरपश्चिमेली नेपाली समाज जापानले विभिन्न साँस्कृतिक कार्यक्रम सहित समाजको अधिवेशन गर्ने भएको छ । यही मे ३१ तारिखका दिन जापानको राजधानी टोकियोमा समाजले आफ्नो आठौं अधिवेसन गर्न लागेको हो ।
जाइकाको अन्तरास्ट्रिय सेमिनार हलमा हुने उक्त कार्यक्रममासुदूरपश्चिम प्रदेश घर भएर हाल जापानका विभिन्न ठाउँमा रहदै आएका सुदूरपश्चिमेलीहरुको भेला हुनेछ भने उक्त कार्यक्रममा देउडा लगायत सुदूर पश्चिमको लोक संस्कृती झल्काउने विभिन्न प्रस्तुती समेत रहेने आयोजकले जानकारी दिएका छन ।
अधिवेशनमा समाजले गरेका गतिविधीको जानकारी, आगामी योजना र जापानमा बस्दै आएका सुदूरपश्चिमेलीहरुले भोग्दै आएका समस्या र समाधानका उपायका बारेमा पनि गहन छलफल हुने छ । जापानको समय अनुसार दिउँसो एक बजेबाट सुरु हुने उक्त अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व पनि छनौट गर्ने छ ।
जापानमा रहेका सम्पूर्ण सुदूरपश्चिमेलीहरूलाई एकजुट गरी आपसी सदभाव र सौहार्दता अभिवृद्धी गर्ने, समस्यामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको समाजले जापानमा विभिन्न समस्यामा परेका सुदूरपश्चिमेलीहरुलाई सहयोग गर्दै आइरहेको छ । समाजले सुदूरपश्चिमको पर्यटन विकासका लागि पनि जापानका विभिन्न सहरमा विभिन्न गतिविधी गर्दै आइरहेको समाजका अध्यक्ष विकास रोकायाले जानकारी दिए ।
‘विदेशी भुमीमा सुदूरपश्चिम चिनाउने अभियान सँगै नेपालमा पनि बाढी, पहिरो भुकम्प जस्ता विपदका बेला मानविय सहायताका काम गर्दै आइरहेका छौं उनले भने, ‘सुदूरपश्चिमेलीहरु जहाँ भए पनि एकजुट भएर बस्नु पर्छ भन्ने भावनाले समाजलाई अझ बलियो बनाएको छ समाजले जापानका विभिन्न ठाउँमा गौरा, भस्वो, विसु जस्ता सुदूरपश्चिममा मनाईने पर्वहरु समेत आयोजना गरिरहेको छ । विभिन्न समयमा कार्यक्रम आयोजना गरेर यहाँको सांस्कृती, परम्परा र आपसी सदभावलाई बलियो बनाउन समाज सक्रिय रहेको रोकायाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *