नेपाल निजामती कर्मचारी संगठन बझाङको बैठक सम्पन्न, माघ १२ मा जिल्ला अधिवेशन हुने

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ :  नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङको १४ औं बैठक सम्पन्न भएको छ। बैठकले संगठनको विभिन्न गतिविधिहरूलाई लिएर महत्वपुर्ण निर्णयहरू गरेको छ।

बझाङ जिल्लामा रहेका संगठनका सम्पूर्ण सदस्यहरूले आफ्नो सदस्यता माघ ८ गतेभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने, संगठनको पालिका समिति अधिवेशन  माघ ३ देखि माघ ८ गतेभित्र सम्पन्न गर्ने र १३औं जिल्ला अधिवेशन माघ १२ गतेगर्ने निर्णय भएको नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष दिनेश धामीले बताए ।

संगठनले सम्पूर्ण सदस्यहरूलाई संगठनका गतिविधिमा सक्रियरूपमा सहभागिता जनाउन अनुरोध गरेको छ। बैठकले संगठनलाई थप सुदृढ बनाउने र जिल्ला अधिवेशनलाई सफल बनाउन सबै सदस्यहरू सक्रिय रुपमा लाग्न पनि अध्यक्ष धामीले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *