काठमाडौं– रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल भूटानले उद्यमीहरूलाई प्राकृतिक प्रकोपहरूका कारण आउने आर्थिक चुनौतीहरू सामना गर्न सहयोग पु¥याउने उद्देश्यले “उद्यमशीलता सुदृढीकरण र जोखिम व्यवस्थापन” विषयक एकदिने कार्यशाला आयोजना गरेको छ।
बुधबार सम्पन्न भएको उक्त कार्यशालामा काठमाडौं उपत्यकाका विभिन्न ५५ जना उद्यमी (३० महिला र २५ पुरुष) को सहभागिता रहेको थियो। सहभागीहरूले विज्ञहरू तथा अनुभवी उद्यमीहरूसँग अन्तक्र्रिया गर्दै संकट व्यवस्थापन र व्यवसायलाई दिगो बनाउने उपायहरूबारे छलफल गरेका छन ।
रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर तथा सफल उद्यमी राजेन्द्रमान शेरचनले डिस्ट्रिक्ट भोकेशनल कमिटी सर्भिसका अध्यक्ष सुनील कृष्ण श्रेष्ठ तथा अन्य रोटेरियनहरूसँग मिलेर यो कार्यशालाको आवश्यकता पहिचान गर्नुभएको थियो। पहिलो महिला सरोजनी शेरचनले, कार्यशालाको आयोजनामा गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।
नेपालमा प्राकृतिक प्रकोप र आर्थिक अनिश्चितताले गर्दा थुप्रै व्यवसायहरू धराशायी हुने खतरा बढिरहेको छ । जसका कारण दुई तिहाइ स्टार्टअपहरू पहिलो वर्षमै असफल हुने गरेका छन्। यस्तो परिप्रेक्ष्यमा, कार्यशालाले सहभागीहरूलाई संकटको समयमा व्यवसायलाई दिगो बनाउन आवश्यक व्यावहारिक उपायहरू, व्यवसायीहरूबीच नेटवर्किङको अवसर, सहकार्य र ज्ञान आदान–प्रदान तथा प्राकृतिक विपत्तिहरूको प्रभाव न्यून गर्दै दीगो व्यवसाय निर्माण गर्ने विशेषज्ञ परामर्श समेत उपलब्ध गराएको थियो ।
रोटरी इन्टरनेशनलले जनवरी महिनालाई व्यावसायिक सेवा महिनाका रूपमा मनाउने सन्दर्भमा आयोजित यस कार्यशालाले व्यावसायिक उत्तरदायित्व, इमान्दारीता, र सेवाको भावनालाई प्रवद्र्धन गर्न मद्दत पु¥याएको सहभागीहरुले बताएका छन ।
रोटरी इन्टरनेशनल विश्वभर १.४ मिलियन सदस्यहरूको सञ्जाल हो, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ। रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल भूटानले नेपाल र भूटानमा रहेका क्लबहरूलाई एकजुट गर्दै समाजमा दीर्घकालीन परिवर्तन ल्याउन पहल गरिरहेको छ।