जिप दुर्घटनामा चालक सहित ६ जना घाइते

प्रदेश बझाङ समाचार सुदुरपश्चिम

बझाङ : बझाङमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन्।

जिल्लाको दुर्गाथली गाउँपालिका–३ रकैल तर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप सडक भन्दा करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

दुर्घटनामा परी दुर्गाथली गाउँपालिका–७ का ४० बर्षीय चालक रुपाल जप्रेल, दुर्गाथली गाउँपालिका शिक्षा शाखा संयोजक ४५ बर्षीय ललित कुमार पाण्डे, दुर्गाथली गाउँपालिका–५ का वडा अध्यक्ष ४५ बर्षीय वकिल जप्रेल, दुर्गाथली गाउँपालिका–७ का ५२ वर्षीय उद्धव सिंह, दुर्गाथली गाउँपालिका–४ का ४८ बर्षीय खगेन्द्र मिश्र र  दुर्गाथली गाउँपालिका–७ का ४० बर्षीय विष्णु बहादुर दौल्याल रहेका छन्।

घाइतेहरुको हात, खुट्टा, टाउको र कम्मरमा चोट लागेपनि अवस्था सामान्य रहेको घाइते खगेन्द्र मिश्रले बताए।

दुर्घटना के कसरी भयो भन्ने नखुलेको र एम्बुलेन्स सहित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटाएकोले घाइतेहरूलाई जिल्ला अस्पताल सिम खेत ल्याउने तयारी भएकाे जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी जनक ढुंगानाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *