बझाङमा स्ववियु निर्वाचनः अनेरास्ववियु र अनेरास्ववियूू (एस) वीच गठबन्धन

रिदम सिंह, बझाङ । आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन देशैभर हुदै छ । यता बझाङजिल्लामा रहेका त्रिभुवन विश्व विद्यालय अन्र्तगतमा ७ र सुदुरपश्चिमाअञ्चल विश्वविद्यालय अन्र्तगतका १ गरी ८ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुदैँछ । मनोनय गर्ने समय नजिकिए सँगै विद्यार्थीका संगठनहरु पनि चुनावी तयारीमा जुटेका छन् । यसैवीच बझाङ जिल्लामा स्ववियु निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (एकिकृत समाजवादी) विच गठबन्धन हुने भएको छ ।

आज बजेको दुई वटै संगठनका नेताहरुको सहमती अनुसार विभिन्न क्याम्पसमा तालमेल गरी जाने र स्ववियुका उच्च तीन पदहरुमा १७ वटा अनेरास्ववियु र १५ वटा पद अनेरास्ववियू (एकिकृत समाजवादीं) ले लिने सहमति सहित गठबन्धन गर्ने निर्णय भएको अनेरास्ववियु बझाङका अध्यक्ष दिलबहादुर खातीले जानकारी दिनुभयो । जिल्लाका आठ वटा क्याम्पस मध्ये ५ वटा क्याम्पसको सभापति नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले र बाँकी तीन वटा क्याम्पसको स्ववियु सभापति नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (एकिकृत समाजवादी)ले पाउने भएको छ ।

बझाङका आठ वडा क्याम्पस मध्ये जयपृथ्वी क्याम्पसमा सभापती र कोषाध्यक्ष अनेरास्ववियुले पाउने भएको छ, भने सचिव अनेरास्ववियू (एकिकृत समाजवादीं) को भागमा परेको छ । त्यसैगरी शान्ति आदर्श क्याम्पस ब्यासीमा सभापती र कोषध्यक्ष अनेरास्ववियू (एकिकृत समाजवादीं)ले र सचिव अनेरास्ववियुले पाउने छ । सेती क्याम्पस बगडगाउँमा सभापती र कोषाध्यक्ष अनेरास्ववियु र सचिव अनेरास्ववियू (एकिकृत समाजवादीं)ले पाएको छ ।

त्यसैगरी झोतामा रहेको बझाङ दीप क्याम्पको स्ववियु सभापति र कोषाध्यक्ष अनेरास्ववियू (एकिकृत समाजवादीं)को भाग परेको छ, भने सचिव अनेरास्ववियुले पाएको छ । थलारा क्याम्पसको सभापति र कोषाध्यक्ष अनेरास्ववियुको भागमा पर्दा सचिव अनेरास्ववियू (एकिकृत समाजवादीं)को भागमा परेको छ । यता खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको खापरदेव क्याम्पसको सभापति र कोषाध्यक्ष पनि अनेरास्ववियुले पाउँदा सचिव अनेरास्ववियू (एकिकृत समाजवादीं)को भागमा परेको छ ।

उता बुंगल नगरपालिकामा रहेको त्रिवेणी आदर्श क्याम्पसको स्ववियु सभापति र कोषाध्यक्ष अनेरास्ववियू (एकिकृत समाजवादी)को भागमा पर्दा सचिव अनेरास्ववियुको भागमा परेको छ । वित्थडचिर गाउँपालिकाको सुनकुडामा रहेका सुनकुडा क्याम्पसको सभापती अनेरास्ववियुले पाउँदा सचिव अनेरास्ववियू (एकिकृत समाजवादी)को भागमा गरेको अनेरास्ववियुमा नेताहरुले बताएका छन् । स्ववियु निर्वाचन यही चैत्र ५ गते हुदैँछ, भने भोली शनिवार मनोनयनको मिती तोकिएको छ ।