बझाङमा चुनाव अवधीभर मदिरा निषेध

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ- स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले निर्वाचन आचारसंहितामा कडाइ गरेको छ । जिल्ला प्रसासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यहि वैशाख २५ गते देखि जेठ १ गते सम्म मदिरा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो ।

चुनावी प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खल्बल्याउने तथा निर्वाचन आचारसंहिताको उल्लंघनका घटना बढने भन्दै मदिरा बिक्री वितरण तथा ओसारपोसारमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

यस्तै, जिल्लामा भइरहेका राजनैतिक दलका सभा सम्मेलनमा बालबालिकाको प्रयोग, सार्वजिनक ठाउँमा दलका झण्डालगायत उम्मेदवारका प्रचार सामग्री भेटिन थालेकाले निर्वाचन आचारसंहिता उल्लंघन नगर्न प्रशासनले आग्रह गरेको हो ।

कोही कसैबाट निर्वाचन आचारसंहिता उल्लंघन भए वा गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले बताए ।

निर्वाचन प्रचार प्रसारका क्रममा उम्मेदवारले एकभन्दा बढी सवारी साधन प्रयोग गर्ने गरेको र अनुमति नलिएरै सवारी संचालन गर्दै आएको भन्दै राजनैतिक दलको ध्यानाकर्षण गराएको छ ।

आफूहरु जिल्लामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लाथि प्रयासरत रहेकाले सबैको सहयोग आवश्यक रहेको अवस्थीको भनाइ छ ।

यसैबीच स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राख्दै बैशाख २५ गते देखी जेठ १ गते सम्म हप्ता दिन जिल्लाभर मदिरा निषेध गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *