सत्यवादीका विद्यार्थीलाई लक्ष्मी लघुवितको वित्तीय साक्षरता कार्यक्रम

बझाङ  : बझाङमा संचालित लक्ष्मी लघुवित वितिय संस्था लिमिटेडले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत लक्ष्मी लघुवित्तले बझाङको जयपृथ्वी नगरपालिका भोपुरस्थित सत्यवादी माध्यामिक विध्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कार्यक्रममा लक्ष्मी लघुवित बझाङ शाखाका प्रबन्धक महादेव जोशीले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभावलगायतका विषयमा विद्यार्थीहरुलाई जागरुक बनाएका थिए ।

वित्तीय जागरण गराउने उद्देश्यले लक्ष्मी लघुवित्तले देशभर छरिएका शाखाहरुमार्फत बिभिन्न जिल्लामा साक्षरता कार्यक्रम गर्दै आएको छ । यो अभियान जारी रहेको लक्ष्मी लघुवित्तका लोन अफिसर नवराज धमेनाले बताए ।

लक्ष्मी लघु बित्तले देश भर ७७ वटै जिल्लामा १ लाख ३ हजार सदस्य मार्फत बित्तिय कारोबार गर्दै आएको छ । लघुवितले ग्रामीण भेगका, बिपन्न बर्ग, महिलाहरुलाई लक्षित गरि उनीहरुको आर्थिक, सामाजिक स्थिती सुधार गर्न महत्त्वपूर्ण भुमिका समेत खेलेको छ ।