बान्निकी चैतली मेला रोक्न प्रहरी परिचालन

रिदम सिंह
प्रसिद्ध धार्मीक मेला बान्निकी चैतली मेला रोक्नका लागि मेला स्थलमा प्रहरी परिचालन गरिएका छन् । स्थानियले प्रशासनको निर्णयलाई उल्लघंन गर्ने सम्भावना रहेकाले मेला स्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । देशैभर कोरोनाको दोस्रो लहर ग्रामिण बस्तिमा फैलन सक्ने खतराई मध्यनजर गर्दै यसको रोगथामका लागी प्रशासन पुर्व तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो । नेपाल सरकारले गरेको निर्णयलाई पालन गर्नका लागी आफुहरु तयार रहेको र मेला नलाग्ने बताउदै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बान्नीकी चैतली मेला लाग्ने स्थानमा शशत्र प्रहरी, नेपाल प्रहरी परिचालन गरीएको बताउनु भयो ।
सरकारले २५ जना भन्दा बढी भिडभाड गर्न नमिल्ने भनेपनि पुजाआरधाना गर्दा र लिङ्गो (काँकर) सेलाउनका लागी भने सायौँ जनाको आवष्यक पर्ने देखीन्छ । तर जिल्ला प्रशासन कार्यलयले भने बढी भिडभाड भएमा महामारी रोग नियन्त्रण ऐन २०२० अनुसार कार्वाही गर्ने बताएको छ ।
नयाँ बर्ष मनाउनका लागी र बान्निकी चैतलीमा पुजा आराधान गर्नका लागी भन्दै भारतमा रोजगारीका लागी गएका अधिकांस मानिसहरु घर फर्कीएका छन् । अहिले भारतमा धेरै कोरोना फैलिएको र भारतबाट नेपाल आएकाहरुबाट कोरोनाको जोखिम हुने भएकाले मेलाहरु लगाउन निषेध गरिएको हो । चैतली मेलामा बाहिरी जिल्लाबाट पनि दर्शालु भत्तजन उपस्थित हुने गर्दछने् । यसपालि बान्नीकी चैतली नबनाउन जिल्ला प्रशासन कार्यालयले ताकेता गरेपछि बाहिरी जिल्लाबाट आउने दर्शालु कम हुने आसा गरिएको छ । गत बर्ष लकडाउनकै अवस्थामा पनि मेला सम्पन्न भएको थियो । मेलालाई रोक्न प्रहरी प्रशासन तथा स्थानीय तहले प्रयास गरेको भएपनि मेला रोक्न सकेको थिएन ।
के हो ? बान्नीकी चैतली ः
परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवता संग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासो बाट मुक्त गर्नका लागी सुर्मादेवी प्रकट भै महिसाशुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गर्छ । होली पुणिर्माको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पुर्णिमा सम्म लाग्ने गर्दछ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गर्छन् । सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्र्योदशीका दिन तोलेनी भन्ने खेतमा हिडाउने गरिन्छ ।
झण्डै २५÷३० मिटरलामो कांकरलाइ मानिसहरुले समातेर ३ सय मिटर जति हिडाउने गरिन्छ । यसरी हिडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरु विच भकुन्डो खेल्ने प्रचलन रहेको छ । राक्षस लाई मारेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किवंदन्ती छ ।
यसरी काकंर हिडाएको र भकुन्डो खेलेको हेर्नका लागी बझाङ जिल्ला लगायत सुदुरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु छविसपाथिभेरा गाँउपालिका वडा नम्बर ३ को बान्नी चौरमा उपस्थित हुने गर्दछन् ।