माओवादीले ज्यान वेपत्ता पारे : राज्यले नाम वेपत्ता

 वेपत्ता भएको १६ वर्ष सम्म बेखबर ।  बेपत्ता परिवार भन्छन ः न सास पाइयो न लास पाइयो नत राहत नै ।
बझाङ– परिवारलाई पुग्दो खेतीपाती । गोठ भरी गाइबाख्रा । गाउ“मा सानो खुद्रा पसल । सुवा रोकायाको परिवारलाई सबै पुगेसरी थियो । उनका पति गोपिलालले घोडा पालेका थिए । खेतीपातीको कामबाट फुर्सत निकालेर झनाना, झोता र चैन्पुरबाट पसलको सामान ल्याउथें । पसलबाट दिनको २÷३ सय नाफा भैहाल्थ्यो । गोपिलालले खाइवरी बचेको अन्न बेचेर र पसलको नाफाले श्रीमती र छोरीहरुलाई गरगहना पनि जोडेका थिए । घर खर्च चलाएर छिमेकीलाई पनि सरसापट दिन्थे । खप्तड छान्ना गाउ“पालिका ७, बा“सकुट्याको यो परिवार गाउ“मा हुने खाने मै गनिन्थ्यो ।
सबै कुराको सुख भए पनि एउटा कुराले यो परिवारको निन्द्रा खोसेको थियो । तत्कालिन विद्रोही माओवादीबाट उनको परिवारले उनका ७ छोरी मध्ये दुइ वटा छोरीलाई जनयुद्धमा सामेल गराउनु पर्ने नभए जे पनि हुन सक्ने भन्दै लगातार धम्की आइरहेको थियो तर गोपिलालले नाबालक छोरीलाई युद्धमा नपठाउने बरु जे गरे पनि सहने अडान लिएका थिए । माओवादी आएको वेला छोरीहरुलाई कहिले भकारीमा, कहिले बाख्राको गोठमा त कहिले परालको खातमा लुकाउथे । ‘हामीले कसको के विगारेका छौ र नावालक छोरीलाई पठाउने ? भनेर भन्नु हुन्थ्यो । मेरो मनले पनि छोरीलाई जंगल पठाउन मानेन’ सुवाले भनिन । माओवादी लैजालान भन्ने डरले उनले जेठी छोरीको १६ वर्ष कै उमेरमा विवाह समेत गरिदिएका थिए ।
२०६१ मंसिरको महिनाको एक रात ६ जना छोरीहरु स“ग गोपिलाल दम्पती मस्त निन्द्रामा थियो । १२ बजे तिर कसैले एक्कासी ढोका ढक्ढक्यायो । पक्का पनि माओवादी नै होलान भन्ने डरले मनमा ढ्याङग्रो ठोक्यो । सुवाले डरैडरले ढोका खोलिन । ढोका खोल्ना साथ एक जनाले उनको कन्चटमा बन्दुक ते्रस्यायो । मुकुण्डो लगाएका चार जना हतियारधारी भित्र पसे । सात आठ जना बाहिर थिए । बाहिर बाटै एकजनालाई निर्देशन दियो । ‘बोक्न मिल्ने केही नछाडनु कमरेड । दा“याबाया“ गरे साला सामान्तीलाई उडाइदिनु’ सुवाको होसहवास् उड्यो ।
अर्काे व्यक्तीले गोपिलालको छातीमा बन्दुक सोझ्यायो । अर्काेले दुइ मुक्का हान्यो । ‘नगद, सुनचा“दी जेजे छ सबै निकाल । नभए अहिले सफाया गरिदन्छौ भने । सउतै (पुरै) घर धुनपताल गरेर भए भरको सबै सम्पती लगे’ सुवाले त्यो रात सम्झदै भनिन ‘पसलको सामान पनि बोरामा हालेर माओवादी जिन्दावाद, शोषक सामान्ती मुर्दाबाद भन्दै नारा लाउदै तीन बजे तिर उनिहरु निस्किए ।’ माओवादीहरु निस्किए पछि घरमा रुवावासी भयो । सा“झ सुत्दा सम्म गाउ“ छिमेकको सहयोगीको रुपमा गनिएको गोपिलालको परिवार विहान नहुदै शोषक सामान्तीमा दरियो भयो । उनको परिवारका मान्छे स“ग बोल्न र व्यवहार गर्न पनि छिमेकीहरु अन्कनाउन थाले ।
गोपिलाल यही बेला पसलको लागि भनेर छुट्टै घर बनाउदै थिए । घर निर्माण सकेर छाउन मात्रै बा“की थियो । नगद गरगहना सबै लुटिएकाले स्लेट किन्ने पैसा थिएन । सुत्दा खेरी खोलेर दलानमा राखेको सुनको औंठी भने बचेको रहेछ । यही वेचेर स्लेट किन्नु पर्ला र पसल छाउनु पर्ला भन्ने सल्लाह गरेर उनि पुषको महिना छिमेकीगाउ“ तिउने गए । ‘माओवादीले पडा (स्लेट) किन्न लागेको बेला तिउनेमा भेट्टाए छन । हामीलाई नदिएर सुन लुकाउने भन्दै अपहरण गरेर तहा“टी भन्ने ठाउ“मा ल्याएर बन्दुकका कुन्दै कुन्दाले कुटेछन र मरिसक्यो भनेर त्यही खोलामा फालिदिएछन’ जेठी छोरी मिनाले भनिन ‘त्यही नजिकको आफ्न्तले विहान भेट्दा सास बा“की देखेर घरमा ल्याएर मलम पट्टी गरेछन’ दुइ महिना उपचार पछि गोपीलालको ज्यान त बच्यो तर माओवादीले सताउन भने छाडेनन ।
त्यस यता पनि उनको परिवारलाई माओवादीले तनाव दिन छोडेन । सा“हिली छोरी नन्दालाई घरबाटै अपहरण गरेर लगे । घरबाट एक दिन टाढाको जंगलमा पुगे पछि उनी भाग्न सफल भइन । त्यस पछि त यो परिवार प्रती माओवादीको रबैया झन कठोर हुन थाल्यो । हप्ता १५ दिनमा छोरी खोज्दै छापामारहरु उनको घर खानतलासी गर्थे । ‘छिमेकी गाउ“मा माओवादी आएका छन भन्ने सुनेको दिन बुवा र हामी घरमा सुत्दैन थियौ’ का“हिली छोरी नर्पा रोकायाले भनिन ‘कहिले स्याउलाको खातमा कहिले छिमेकीको दलानमा लुकेर बस्थ्यौं’
छोरीलाई युद्धमा नपठाए मारिदिन धक्की निरन्तर आउन थाले पछि ०६१ साल फागुन ५ गते उनले घर छोड्ेर भाग्ने निर्णय गरे । तर भागेर जाने कहा“ ? जताततै माओवादीको साम्राज्य थियो । ‘यता बसे मलाई मारिहाल्ने हुन । फुत्किन सके छु भने इन्डिया जान्छु । सकेन छु, मारिहाले छन भने पनि तिमिले मन ठुलो बनाउनु, सिस्नु फा“डो खाएर भए पनि छोरीहरुलाई स्कुल पढाउन नछोड्नु, भनेर हिड्नु भएको हो’ सुवाले भनिन ‘त्यस पछि कहा“ पुग्नु भयो ? के भयो केही खबर आएन । कोही झोता झनाना तिर माओवादीले भेटेर लगेका हुन भन्छन । कोही महेन्द्रनगरमा माओवादीले अपहरण गरेर मार्यो भन्छन । १६ बर्ष भैसक्यो । न सास पाइयो न लास पाइयो’
६ जना नाबालक छोरीहरु जिम्मा लगाएर श्रीमान वेपत्ता भए पछि सुवाले पाउनु सम्म दुख पाईन । धेरै दिन आफु भोकभोकै बसेर भए पनि छोरीहरुलाई खोले सिस्नु खुवाएर हुर्काइन । गाउ“लेको क्रृण सापट गरेर पढाईन । ‘छोरीहरु देख्लिन भनेर कहिले गोठमा गएर रुन्थे । कहिले जंगलमा गएर रुन्थे । जस्तै परे पनि छोरीहरुको अगाडी दुख देखाइन । म जिउदै हु“दा सम्म तिमिहरुलाई भोकै हुन दिन्न भने’ उनले भनिन ‘त्रृmण माग्न जा“दा पनि तेरा छोरीहरु भोली पोइल जाने हुन हाम्रो पैसा कसले तिर्छ भनेर कतिले बचनले घोचें । मेरा श्रीमानले गाह्रो साह्रो पर्दा सहयोग गरेकाहरु कतिले सहयोग गरे । जसो तसो छोरी त हुर्काए तर श्रीमानको नाम नै मेटिएको सुन्दा दुख लाग्छ । माओवादीले ज्यान वेपक्ता बनाए । राज्यले नाम बेपत्ता पार्यो । दुखिका लागि कोही नहुने रहेछन’
माओवादी कै कारण बेपक्ता भएको भए पनि गोपिलालको नाम बेपक्ता सुचिमा पनि छैन । न त यो परिवारले द्धन्द्ध पिडितको नाममा हाल सम्म कुनै राहत नै पाएको छ । ‘बुवा बेपक्ता भएको निवेदन लिएर धेरै चोटी सदरमुकाम गयौं । कहिले के कागज पुगेन । कहिले के पुगेन भने लास्टमा निवेदन दिने म्याद सहियो भनेर फकाई दिए’ अर्की छोरी बसन्तीले भनिन ‘जिल्लामा नेता कर्मचारीस“ग चिनजान भएकाहरुले पिडित नभए पनि राहत पाए । हाम्रो कोही भएन ।’ उनले तत्कालिन शान्ती समिति, जिल्ला विकास समिति र जिल्ला प्रशाशन कार्यालयमा पटक पटक पुगे पनि आफुहरुको समस्या कसैले वास्ता नगरेको बताईन ।
यता द्धन्द्ध पिडितहरुको लगत राख्ने शान्ती समिति लगायतका सबै संरचनाहरु अहिले अतित्वमा नरहेकोले बेपत्ताको सुचीमा जिल्लाबाट नाम समावेस गर्न नसकिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । यद्यपी द्धन्द्धरत पक्षबाटै वेपत्ता पारिएको प्रमाण पुग्ने खालको विवरण सहित निवेदन ल्याएर आएमा बेपत्ता छानविन आयोगलाई सुचिकृत गर्नका लागि जिल्ला प्रशाशन कार्यालयले सिफारिस गर्न सक्ने उनको भनाई छ ।
फोटो क्याप्सन ः १६ वर्ष अघि वेपत्ता पारिएका खप्तड छान्ना गाउ“पालिका ७ का गोपिलाल रोकायाको फोटो देखाउदै श्रीमती सुवा र कान्छि छोरी फुलु रोकाया । तस्विर ः वसन्तप्रताप सिंह ।