जंगली जनावर रतुवा घाइते अवस्थामा फेलाः डिविजन कार्यालयमा उपचार हुँदै

रिदम सिंह

बझाङ-बझाङमा जंगली जनावर रतुवा घाइते अवस्थामा फेला परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ७ थापागाँउमा शनिवार विहान घाइते अवस्थामा स्थानियले फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए । रतुवा के कति कारणले घाइते भयो भन्ने वारेमा अनुसन्धान भईरहको डिविजन वन कार्यालय बझाङले जनाएको छ । एक हप्तादेखी निरन्तर रुपमा लेकाली भेगमा हिमपात सँगै बढेको चिसोको कारण रतुवा त्यहा आएको हुनसक्ने जिल्ला बन कार्यालय बझाङका कार्यलय प्रमुख कर्ण बहादुर खातीले बताउनु भयो । जिल्ला प्रशासनका कर्मचारी, बनका कर्मचारी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा घाइते रतुवालाई डिविजन कार्यालयमा राखेर उपचार भइरहेको छ । रतुवालाई उपचार पछी जङ्गलमा छोडिने जनाइएको छ ।