बझाङ : विश्वविद्यालय तहमा प्रस्ताव र शोधपत्र लेखन सम्बन्धी कार्यशाला सन्चालन भएको छ । विश्वविध्यालयमा बौद्धिक तथा प्राज्ञिक दक्षता अभिवृद्धि गरी अनुसन्धानमा दक्षता हासिल गर्न आयोजित प्रस्ताव र शोधपत्र लेखन सम्बन्धी कार्यशाला आजबाट सुरू भएको हो ।
जयपृथ्वी बहुमुखि क्याम्पसमा सुरु भएको उक्त कार्यशालामा बोल्दै जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले क्याम्पसलाई गुणस्तरयुक्त बनाउन कार्यशालाले ठूलो भूमिका खेल्ने बताए ।
जयपृथ्वी बहुमुखि क्याम्पस प्रमुख दिर्घराज पण्डितले प्रस्ताव र शोधपत्र लेखनलाई सहज बनाउन कार्यशालामा सिकाई हुने बताए।
संयोजक लालबहादुर बोहराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुदुरपश्चिम विश्वविध्यालयका शिक्षाशास्त्र संकायका डिन भवानी सिंह चलाउने, डा.दमन चलाउने, डा.मदन सिंह देउपा, ज्ञानुराज पौडेल लगाएत छिमेकि क्याम्पसका क्याम्पस प्रमुखहरुले आ–आफ्नो धारणा राखेका थिए । शुक्रबार आजबाट सुरु भएको उक्त कार्यशाला आइतबार समापन हुने संयोजक बोहराले बताए ।
