बझाङ– महिनावारी भएको बेला महिलामाथी गरिने विभेद अन्य गर्न धामी र पुजारीहरु परिचालन हुन भएका छन । महिनावारीका बारेमा प्रचलित भ्रम र यर्थाथको बारेमा जानकारी पाए पछि बझाङको खप्तडछान्ना र बाजुराको खप्तड छेडेदहका धामीहरुले महिनाबारी विभेद विरुद्ध अभियान चलाउने प्रतिबद्धता गरेका हुन ।
गैर सरकारी संस्था ग्रिनतारा नेपाल र रिड नेपालको आयोजना भएको छाउपडी प्रथा अन्त्यका लागि धामीहरु भुमिका विषयक अन्र्तक्रिया पछि धामीहरुले महिनावारीका भ्रमबारे बुझाउन कार्ययोजना सहित अभियान चलाउने भएका हुन । बाजुराको छेडेदह ताल र खप्तडको कालुखेतीमा यि दुइ पालिकाका धामीहरु सँग अलग अगल अन्र्तक्रिया गरिएको थियो ।
‘देउता विग्रिने नाममा महिनावारी भएका महिलामाथी धेरै अन्याय भएको कुरा थाहा पायौ बाजुरा खप्तड छेडेदह गाउँपालिकामा रहेको ब्रहम देवताका धामी प्रदेशी नेपालीले भने ‘अब हामीले बुझेको कुरा समाजका मान्छेलाई भन्छौं उनले महिला माथी भैरहेको विभेदका कारण समाज विकासमा अवरोध भएको बताए ।
यस्तै बझाङको खप्तड छान्ना गाउँपालिकाका बाठपाला देवताका धामी सम्सेर रोकायाले महिनावारीका बारेमा भएका भ्रमहरु चिर्न आफुले अभियान चलाउने बताए । ‘प्रत्येक विद्यालयमा गठन भएका किशोरी कल्ब र गाउँगाउँमा रहेका आमा समुहलाई महिनावारी भएको महिलाले छुँदा देवता रिसाउदैनन भन्ने कुरा सिकाउने छु उनले भने ‘हामी धामीहरुले नै यस्तो कुरा बताए पछि उहाँहरुको देउता प्रतिको डर कम होला भन्ने आशा छ धामीहरु परापुर्व काल देखी नै समुदायलाई सकारात्मक बाटोमा हिड्न सिकाउने काममा नेतृत्व गर्दै आएकोले महिनावारीका बारे रहेका भ्रम चिर्न पनि अब धामीले नै नेतृत्व गर्नु पर्ने उनको भनाई छ ।
दुइ वटा पालिकामा भएका कार्यक्रममा करिब ५६ जना विभिन्न देवताका धामी र पुजारीहरुको उपस्थिती रहेको थियो । कान्तिपुरका पत्रकार वसन्तप्रताप सिंहले अन्र्तक्रियाको सहजिकरण गरेका थिए । गरिमा परियोजनाका संयोजक विक्रम जोशी र अनुगमन अधिकृत प्रतिमा बस्यालको समेत उपस्थिती रहेको कार्यक्रममा महिनाबारी विभेद हुँदा महिलाहरु माथी धर्मका नाममा पाप भैरहेको निष्र्कष निकालिएको थियो । कार्यक्रमको अन्त्यमा धामीहरुले महिनावारी विभेद विरुद्ध सचेतना कार्यक्रम गर्न कुन दिन कहाँ जाने भनेर कार्ययोजना बनाएका थिए । गरिमा परियोजनाले यि दुइ गाउँपालिकामा मर्यादित महिनावारीका लागि विगत तीन वर्ष देखी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।